अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

आइतबारदेखि आफ्नै भवनबाट सेवा दिदैँ यातायात व्यवस्था कार्यालय राप्ती

दाङ, २८ मंसिर ।

यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले आईतबारदेखि आफ्नै भवनबाट सेवा दिने भएको छ । तुलसीपुर-६ घोराहीरोडमा भाडाको भवनबाट संचालित कार्यालयले आइतबारदेखि आफ्नै भवन तुलसीपुर-६ को गाइडहरदेखि सेवा दिन लागेको हो ।

 

कार्यालयले सामाजिक विकास डिभिजन कार्यालयको भवनबाट सेवा दिन लागेको कार्यालय प्रमुख रमेश गौतमले जानकारी दिनुभयो । गाईडहरबाट सेवा दिनका आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रमुख गौतमले बताउनुभयो ।

 

सामाजिक विकास डिभिजन कार्यालयलाई भने तुलसीपुर-१२ मा रहेको शैक्षिक तालिम केन्द्रमा सारिएको छ ।

 

गत भदौ ११ गते बसेको लुम्बिनी प्रदेशको मन्त्रीपरिषद प्रदेशको बैठकले भाडाको घरमा संचालित यातायात व्यवस्था कार्यालय राप्तीलाई सामाजिक विकास डिभिजनको भवनमा सार्ने निणर्य गरेको थियो ।

 

कार्यालयले अहिले मासिक करिब ५० हजार भाडामा मात्रै खर्च गरिरहेको कार्यालयका लेखा प्रमुख उत्तम डाँगीले जानकारी दिनुभयो । भाडाको घरमा ठाउँ पनि अपर्याप्त रहेको र भाडामा रकम पनि खर्च भइरहेको अवस्थामा आफ्नै भवनबाट सेवा दिन लागेको उहाँले बताउनुभयो ।

 

आफ्नै भवनबाट सेवा दिँदा सेवाग्राहीलाई पनि थप सहजता हुने कार्यालयका प्रशासन प्रमुख लोक बहादुर केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *