अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

विशाल ओलि
२४ मंसिर ,धादिङ  । आज धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ७ बडहरेमा लैङ्गिक हिंसा विरुद्ध दिप प्रज्वलन गरी १६ दिने अभियान कार्यक्रमको समापन गरिएको छ । प्रगतिशील स्वावलम्बी महिला समूहले उक्त कार्यक्रम गरि आज १६ दिने अभियानको अन्त्य गरेका हुन।

‘ युनाइट इन्भेस्ट टु प्रेभेन्ट भायोलेन्स अगेइन्स्ट वुमन एण्ड गर्ल्स ‘ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘ लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता ‘ भन्ने राष्ट्रिय नाराका साथ ३२ औं अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस एवं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिनको अवसरमा प्रगतिशिल स्वाबलम्बी महिला समुहको आयोजनामा बडहरे स्थित जनचेतनामूलक पोस्टरहरु टासेर दिप प्रज्वलन गरि मनाइएको हो। यस समुहले १६ दिनको दौरानमा विभिन्न स्थानमा सडक नाटक तथा नारा जूलूस कार्यक्रम गर्दै आएको थियो ।

आजको यस दिप प्रज्वलन कार्यक्रममा सभापतिको आसन ग्रहणमा देवी पाण्डे बुर्लाकोटी, प्रमुख अतिथिको आसन ग्रहणमा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती , अतिथिमा त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष देवराज धरेल , त्रिपुरासुन्दरी गाउपालिकाको नेपाली काङ्ग्रेस अध्यक्ष शंकर रिमाल , वडा नं ७ का वडा अध्यक्ष सुवास अधिकारी, सल्यानकोट इलाका प्रहरी प्रमुख ज्यु, समाजसेवी तथा बुद्धिजीवी दिपक खड्काको उपस्थिति रहेको थियो। अतिथिलाइ स्वागत कार्यमा सुनिता कँडेलले सहयोग गर्नुभएको थियो।

यस प्रगतिशील स्वावलम्बी समूहले निक्कै जागरुक भै बारम्बार यस्ता जनचेतनामूलक कार्यक्रम गर्दै आएको र अब अझै यसलाई सोही रुपले अगाडि बढाउदै गए विभिन्न गाउपालिका स्तरीय कार्यक्रममा पनि अग्रपंक्तिमा यश समुहलाई सहभागी गराउने ब्यहोरा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताउनु भएको छ।

त्यसैगरी देवराज धरेलले कुनै पनि घर परिवार , बिधालय , साहु महाजनबाट गरिने अन्त्याचार मात्र नभएर उनिहरुबाट गरेने तुच्छ व्यबहार पनि हिंसा अन्तर्गत पर्दछ। घरमा श्रीमानले श्रीमतीलाई आफ्नो कपडा धुन लगाउनु समेत महिला हिंसा अन्तर्गत रहेको बताउनु भएको छ।
यसै कार्यक्रममाझ यसै महिला समुहको प्रतिनिधित्व गर्दै सरस्वती खड्का ज्युले महिला हिंसा सम्बन्धि कविता वाचन गर्नु भएको थियो।
यसैमाझ कार्यक्रमको सभाध्यक्षमा आसन गर्नुभएको देवी पाण्डे बुर्लाकोटीले नेपालको सन्दर्भमा पुरुष भन्दा महिलामाथी हुने , तुच्छ ब्यवहार , विवेद , हिंसा बढी हुने गरेकोले महिला हिंसा विरुद्धको यो कार्यक्रममा समाबेश हुन ज्यादै महत्त्वपूर्ण रहेको बताउनु भएको छ भने यस कार्यक्रमको सहजीकरण प्रगतिशील स्वाबलम्बी महिला समुहकी अध्यक्ष कमला खड्काले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *