दाङ मङ्सिर , २२
५ औ अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । तुलसीपुरमा रहेको सहायता केन्द्र नेपालले दिवसको अवसर पारी बीपी चोकमा शुक्रबार दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले महिलाको सबै क्षेत्रमा समान अवसर पाउनुपर्ने र महिला पुरुषसम्मान बाच्न पाउने बताउनुभयो। सहायता केन्द्र नेपालका उपाध्यक्ष अस्मिता नेपालीले महिलालाई विभेद गर्न नहुने बताइन् ।
उनीले महिला हिंसा अन्त्य गर्न यौन हिंसा र बाल विवाह पनि रोक्नुपर्नेमा जोड दिनुभयो । यस्तै समाजमा रहिआएका अपराध आदि रोक्नका लागी पनि मर्यादित महिनावारी दिवस मनाउनै पर्ने उहाँले बताउनुभएको थियो।