अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

अग्निहोत्रको विधी र धार्मिक महत्व ?

अग्निहोत्र एक वैदिक यज्ञ हो जसको वर्णन यजुर्वेदमा छ।अग्निहोत्रको शुरुवात प्राचीन समयमा ऋषिमुनीहरुले दक्षीण एसिया मा गरेका थिए ।सनातन हिन्दू संस्कारमा अग्निहोत्र दैनिक नित्य कर्मको रुपमा गरिने प्रचलन थियो ।प्राचीन समयमा ऋषिमुनीहरु, ब्रह्मण र आर्यहरुले दैनिकरुपमा सुर्योदय र सुर्यास्तको समयमा अग्निहोत्र गर्दथे । महाभारतमा उल्लेख भएअनुसार द्वापरयुगमा महर्षि वेदव्यासले चार वेदहरु ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको संकलन गरेका थिए । जसमध्ये यजुर्वेद यज्ञ सम्बन्धि विधिहरु संकलन गरिएको वेद हो ।यजुर्वेद शब्द यत् र जू को संयोग मिलेर बन्दछ ।यत् को अर्थ हुन्छ गतिशील तथा जू को अर्थ हो आकाश ।यत् र जू को संयोगबाट वायु, जल, अग्नि पृथ्वी लगायत पञ्चभूतात्मक जगतको सृष्टि भएको हुन्छ ।वेदमा अन्य विभिन्न प्रकारका यज्ञहरुको वर्णन गरिएको पाइन्छ ।जसमध्ये अग्निहोत्र, दशपूर्णमासो, चातुर्मस्यानी, पशुयांग, सोमयज्ञ गरी पाँच प्रकारका यज्ञलाई मुख्य मानिएको छ ।यिनै मुख्य श्रोत यज्ञलाई वेदमा श्रेष्ठ कर्म बताइएको छ ।यिनै महत्वपूर्ण श्रोत यज्ञहरुमा अग्निहोत्र एक हो । ‘अग्नये परमेश्वराय जलवायु शुद्धिकरणाय च हवनं होत्रं यस्मिन् अग्निहोत्र’ अर्थात् अग्निरुपी ईश्वरमा हवनद्वारा जलवायु शुद्धिकरण हुने हवन एवं होत्र कार्य अग्निहोत्र हो ।

अग्निहोत्रको महाव्रत संकल्प एक योग्य अग्निहोत्री बाट सञ्चालन गर्नुपर्ने वैदिक विधान छ ।अग्निहोत्र वैदिक विधान सम्वत् यज्ञ गर्न सक्षम र योग्य हुनुपर्छ ।
दैनिक रुपमा विहानको सुर्योदय र बेलुकाको सुर्यास्तको समयमा यज्ञशालामा अग्निको आह्वान गरिन्छ ।अग्निहोत्रमा अग्निका पाँच विभिन्न स्वरुपको आह्वान हुन्छ ।आवसथ्य, आह्वानीय, दाक्षिणनि, अन्वाह्र्य र गाह्रयपत्य यि अग्निहोत्रको पाँच अग्निहरु हुन् । अग्निहोत्र यज्ञ कर्तालाई अग्निहोत्री भनिन्छ । अग्निहोत्रको महाव्रतबाट पाँच अग्निको आह्वानसहित अग्निहोत्र गरिन्छ । अग्निहोत्रीद्वारा यज्ञशालामा अग्निको आह्वान भएपछि गाईको दुध र वनस्पतीको हवन गरिन्छ ।हवनमा पलास, पिपल, वर, वेल, समी, खयर, डुम्री, खमारी, मयल, सिप्लिकान आदि वनस्पतीको उचित प्रयोग हुन्छ ।यसरी हवन गर्दा प्रातकालमा दुई र सन्ध्याकालमा दुई आहुती अर्पण गरिने विधान छ ।जुनकुनै परिस्थितिमा पनि अग्निहोत्र यज्ञ रोक्न मिल्दैन ।यस्तै दैनिक हवनसँगै अग्निहोत्रका पूर्ण अंगहरु मानिने अन्य विशेष यज्ञको अनुष्ठानहरु पुरा गर्नुपर्ने विधि विधान रहेको छ । सम्पूर्ण यागहरु कूल २६ वटा हुन्छन् । जसलाई अग्निहोत्रका अंगहरु पनि भनिन्छ ।

अग्निहोत्र यज्ञ पूर्ण रुपमा वैदिक विज्ञान र वातावरणसँग सम्बन्धित रहेको छ ।जल, अग्नि, वायु, आकाश र पृथ्वी तत्वको शुद्धिकरणको लक्ष्यमा नै अग्निहोत्रको कर्म निहित रहेको हुन्छ ।त्यसैले अग्निहोत्र वैदिक यज्ञ, धर्म र मोक्ष साधनको कर्म मात्र नभएर जलवायु शुद्धिकरणको महान् कार्य पनि हो । अग्निहोत्रमा गरिएको हविलाई अग्निले अन्तरिक्षमा पु¥याउँछ ।अन्तरिक्षमा अग्नि, वायु र सूर्यको भेट हुन्छ ।जसबाट मेघ बन्दछ ।मेघबाट बादल, बादलबाट पानी बन्दछ र सोही पानी धर्तीसँग मिल्दा अन्न बन्दछ र अन्नबाट मानव तथा सम्पूर्ण जीवको शरीर बनेको हुन्छ ।सोही प्रक्रियाबाट बनेको अन्न शरिरले ग्रहण गर्दछ ।अन्नको तीन परिणाम हुन्छ ।जसको स्थुलबाट दिसा, माध्ययबाट मांसवृद्धि र सुक्ष्मबाट मन बन्दछ ।’ त्यसैले सवै मानव जगतले मनलाई स्वस्थ राख्नु पर्दछ ।मन स्वस्थ भए सुक्ष्म शरीर स्वस्थ हुन्छ, सुक्ष्म शरीर स्वस्थ रहे स्थुल शरीर स्वस्थ हुन्छ । जवसम्म मन अस्वस्थ हुन्छ तबसम्म मानिसहरुमा झगडा, अन्याय, अत्याचार, भ्रष्टाचार, माहामारी, भय, सन्त्रासादि एवं शङ्कादि प्रवृत्ति उत्पन्न भइरहन्छ ।यही अवस्थाको न्युनीकरण गर्न अग्निहोत्र आवश्यक छ ।

अग्निहोत्र यज्ञको महत्वका बारेमा वैदिक दर्शन एवं धर्मशास्त्रहरुमा पनि विशेष रुपमा उल्लेख गरिएकोे पाइन्छ ।तैत्तिरीयमामा उल्लेख छ ‘जसको ज्ञानपूर्वक हवन गरिन्छ र जसको ध्यान गरिन्छ, दुवै देवता मध्ये कसैको परित्याग नगरी अष्ठवसु, एकादश रुद्र, द्वादस आदित्य मध्ये यजमानका हवन अवश्य हुन्छ, अग्निहोत्र सवै देवतालाई पुग्छ ।स्वयं पनि यजमान प्रजा (सन्तति) र पशुधनबाट तृप्त हुन्छ, स्वर्गलोकका ज्ञान प्राप्त हुन्छ, सन्तान दरसन्तानको सुख पाउँछ ।’ शतपथ ब्राह्मणमा ‘अग्निहोत्र निश्चित् नै स्वर्गको सुखको प्राप्ति गरौने डुंगा हो ।’ भनिएको छ । गोपथब्राम्हणमा ‘जो पुरुष अग्निहोत्र यज्ञ गर्दछ ऊ देवताको पनि प्रिय बन्दछ ।’ भनिएको छ ।यसैगरी नारायणेपनिषद्मा उल्लेख छ ‘सन्ध्याकाल र प्रातकाल पूर्ण विधिबाट गरिएको अग्निहोत्र इष्ट पूजित गर्ने घरका सद्गृहका प्रायश्चित् हो ।गृहमा हुने सम्पूर्ण कर्महरुको पाप मुक्तिको उपाय हो । सोमरहित यज्ञ तथा सोमयुक्त अग्निहोत्र स्वर्गलोकको ज्योति अर्थात् मार्ग प्रदर्शक हो । वायुपुराणमा ‘जो द्विजाति (ब्राम्हण, क्षत्रिय र वैश्य) दश र पौर्णमास यज्ञ गर्दछ ऊ ब्रम्हलोकगामी हुन्छ । ब्रम्हलोकबाट कहिले पनि उसको पुनरावृत्त हुँदैन ।’ भनिएको छ । यसैगरी पद्य्मपुराणमा ‘सागर सरी सारा पृथ्वी दान गरे बराबर जुन पुण्य मिल्दछ, यस्तै पुण्य अग्निहोत्र यज्ञ बाट प्राप्त हुन्छ । पद्य्मपुराण, सृष्टिखण्डमा ‘यस संसारमा अग्निहोत्र भन्दा ठूलो कुनै पवित्र कर्म छैन । अतः विधिपूर्वक अग्निहोत्र यज्ञ गरेर द्विज पवित्र हुन्छन् ।’ भनिएको छ ।हारोतमा उल्लेख छ ‘अग्निहोत्र भन्दा ठूलो कुनै धर्म छैन । अग्निहोत्र भन्दा ठुलो कुनै तप छैन । अग्निहोत्र भन्दा ठुलो कुनै श्रेय छैन ।अग्निहोत्र भन्दा ठुलो कुनै यस, सिद्धि छैन ।अग्निहोत्र भन्दा ठुलो कुनै गति छैन, कुनै जप, स्नान छैन ।’ महाभारत शान्तिपर्वमा अग्निहोत्रको महत्वबारेमा यसरी उल्लेख गरिएको छ ‘समस्त वेद तीन ( दाक्षिण, गार्हपत्य र आह्वानीय) अग्निमा निवास गर्दछन् ।अतः अग्निहोत्रीलाई धर्मात्मा वा श्रेष्ठकर्म गर्नेवाला सम्झनु पर्दछ ।जसको कर्म कहिल्यै नष्ट हुँदैन, उ अग्निहोत्री कहलाउँछ ।अग्निहोत्री बनेर धर्म क्रिया वा कर्म नगर्नु भन्दा अग्निहोत्र न गर्नु श्रेष्ठ हुन्छ ।अग्निहोत्रीले अग्निहोत्रको अग्निको, माताको, उत्पन्न गर्ने पिता र गुरुको सेवा नम्रतापूर्वक गर्नु पर्दछ ।’
वैदिककालिन समयदेखि दक्षीण एसियामा शुरुभएको अग्निहोत्र समयक्रमसँगै उल्लेखनीय रुपमा भइरहेको पाइँदैन । वेद र धर्मशास्त्रहरुमा उल्लेख भएअनुसार पनि सवै यज्ञ कर्म समृद्धिको आधार हो । धर्मशास्त्रहरुले मार्ग निर्देशन गरेको र विज्ञानसम्वत् पनि रहेको अग्निहोत्र वातावरण र समाजलाई नै सत्मार्ग र पवित्रता तर्फ अग्रसर गराउने यज्ञ कर्म भएकाले यसको महत्व ठूलो छ ।आजको विश्व जलवायु बीषाक्तता र अप्रकृतीकीकरणले आक्रान्त छ ।अस्वभाविक तामपान वृद्धिले हिमालय पग्लिंदो छ, कतै जलाशय सुक्दैछन्, कतै अतिवृष्टि त कतै अनावृष्टिको प्रकोप देखिन्छ ।वायुमण्डल प्रदुषित भइरहेको छ । सामाजमा विकृति, विसंगति, भ्रष्टाचार, अन्याय व्याप्त बनिरहेको छ ।धर्म नै प्रताडित र तिरस्कृत हुँदै गएको अवस्था छ ।समग्र परिस्थितिले यतिबेला मानव र जीवजन्तु समेत प्रभावित बनिरहेको देखिन्छ ।यस्तो परिस्थितिमा पर्यावरण शुद्धिकरण गर्नुको कुनै विकल्प छैन ।वातावरण र मानव उत्थानको लागि वेद र शास्त्रहरुलेसमेत मार्गदर्शन गरेको अग्निहोत्र यज्ञ सर्वत्र हुनुपर्दछ ।अग्निहोत्र समग्र मानव, जीव र पर्यावरणसँग सम्बन्धित रहेको छ ।जल, जमिन, वायु, आकाससँग सम्बन्धित भएकाले मानवका लागि अग्निहोत्रको महत्व ज्यादै ठूलो छ ।अग्निहोत्र यज्ञको महत्व र आवश्यकता जलवायु शुद्धिकरण र मानवको स्वस्थ जीवनसँग समबन्धित रहेको छ ।
पं-बालमुकुन्द देबकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *