अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

नेपाल रेडक्रस सोसाइटी तुलसीपुर उपशाखामा एकैदिन १८ जनाले गरे रक्तदान

तुलसीुपुर,८ मंसीर ।

नेपाल रेडक्रस सोसाइटी तुलसीपुर उपशाखाको आयोजनामा आज (शुक्रवार) तुलसीपुरमा रक्तदान कार्यक्रम गरीएको छ ।

रक्तदान नै जिबनदान भन्ने नाराका साथ आज शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिसरमा अवस्थीत रक्तसञ्चार केन्द«मा रक्तदान कार्यक्रम गरिएको हो ।

 

नेपाल रेडक्रस सोसाइटी तुलसीपुर उपशाखा सभापति देबकी नेपालीको अध्यक्षता तथा रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सदस्य मदन धितालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालीका वडा नं ७ का अध्यक्ष राम बहादुर जीसी सहित १८ जनाले रक्तदान गरेका हुन ।

 

अध्यक्ष जिसीले रक्तदान नै जिवनदान भएको भन्दै निरन्तर गर्ने गरेको बताउनुभयो । रत्तदान गर्दा स्वास्थ्य विग्रन्छ भन्ने भ्रम अझैपनि समाजमा विद्यमान रहेको भन्दै स्वास्थ्यकर्मीको सल्लाह अनुसार रक्तदान गर्दा स्वास्थ्यमा समस्या नरहने बताउनुभयो ।

रक्तदान कार्यक्रममा तुलसीपुरमा रहेकोे हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष बिजय सुवेदीले २५ औँ पटक रक्तदान गरेका थिए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का निवर्तमान वडाध्यक्ष टोपबहादुर केसी सहित रेखराज भण्डारी, सर्मिला नेपाली, नबिन पराजुली, मधुसुधन केसी, भोला प्रसाद थापा, पुर्णबहादुर बुढामगर, सुदीप वली, सुधिर गुरुङ्, शंकर खड्का, मिना घर्ती, मधुकर न्यौपाने रहेका छन ।

कार्यक्रमको सहजीकरण सचिव बंशिकुमार शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *