अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

सचिवहरुलाई मुख्यमन्त्री चौधरीको निर्देशनः, सेवा प्रवाहलाई छिटो छरितो बनाउनोस्  

 

दाङ, ७ मंसिर ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारका सचिवहरुलाई सेवा प्रवाहलाई छिटो छरितो गर्न निर्देशन दिनु भएको छ । विहीवार मुख्यमन्त्री कार्यालयमा भएको सचिवहरुको बैठकमा मुख्यमन्त्री चौधरीले सचिवहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री चौधरीले मन्त्रालय र मन्त्रालयक मातहको कार्यालयहरुको सेवा प्रवाह प्रभावकारी बनाउन र छिटो छरितो बनाउन आबश्यक रहेको भन्दै सोहि अनुसार गर्न निर्देशन दिनु भयो । जिम्मेवारी पूणर्रुपमा निर्वाह गरौ सेवाग्राहीको सेवा र योजना कार्यान्वयनमा गम्भीर बनौ, मुख्यमन्त्री चौधरीले भन्नु भयो, काम छिटो छरितो गरौ र उपलब्धी बढाउ । उहाँले कार्यसम्पादनलाई प्रभावकारी बनाइ उपलब्धी बढाउन समेत आग्रह गर्नुभयो । अहिले प्रदेश सरकारको कार्य सम्पादन र उपलब्धी भने अनुसार राम्रो हुन सकेको छैन, अब त्यो अवस्था आउन दिनु हुदैन, उहाँले भन्नु भयो, सरकारको कामको गति सुस्त भयो, उपलब्धी बढाउ, भएको प्रगति सार्वजनिक गरौ । चालु आर्थिक वर्षको अहिले सम्मको प्रगति, उपलब्धी र खर्च सन्तोषजनक नदेखिएको भन्दै मुख्यमन्त्री चौधरीले यसलाई गम्भीर रुपमा लिन आग्रह गर्नु भयो ।

मुख्यमन्त्री चौधरीले अनावश्यक योजनाहरु भन्दा पनि आबश्यक योजनाहरु कार्यान्वयनमा चासो दिन समेत आग्रह गर्नु भयो । उहाँले मन्त्रालयको लक्ष र उदेश्यमा रहेर नीति निर्माण गर्न र सोहि अनुसार काम गर्न समेत आग्रह गर्नु भयो । उहाँले त्यहि अनुसार नीति बनाउन र स्रोत परिचालन गर्न समेत आग्रह गर्नु भयो । त्यसै गरे योजना कार्यान्वयनका लागि अन्तर मन्त्रालय समन्वय समेत बढाउन निर्देशन दिनु भएको छ ।

बैठकमा प्रमुख सचिव राधिका अर्यालले मुख्यमन्त्री ज्यूको निर्देशन कार्यान्वयन गर्न मन्त्रालयको कार्यासम्पादन बढाउन आग्रह गर्नु भयो । उहाँले अबको समय पूणर्रुपमा कार्यान्वयनको भएको हुदा त्यसमा दत्तचित्त हुन आग्रह गर्नु भयो । मन्त्रालयका सचिवहरुले मन्त्रालयले योजना र बजेट कायौन्वयनका लागि नीति विधि हरु बनीसकोकोले अव काममा लाग्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *