अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

लुम्बिनी नमुना युवा संसद लुम्बिनी २०८०

युवा नयाँ सोच नेपालको आयोजना तथा नेपालगञ्जको आर्थिक सहयोगमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाइ व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ १३ देखी २४ बर्ष उमेर समुहका करिब १२० जना युवाहरु को सहभागीतामा नमुना युवा संसद लुम्बिनी २०८० दोस्रो संस्करण यहि मंसिर २५र २६ गते नेपालगञ्ज मा आयोजना हुने गरिने भएको छ ।

नयाँ युवा नयाँ सोच नेपाल संस्थाका बाँके जिल्ला संयोजक छत्र सुनार का अनुसार नयाँ युवा नया सोच नेपालका केन्द्रिय कार्यक्रम संयोजक विनोद खत्रीको नेतृत्वमा काठमाडौ बाट प्रशिक्षकहरु आएर सहभागीहरुलाइ संसद एवं संसदीय अभ्यास बारे २५ गते प्रशिक्षण गराउने छन् भने २६ गते नमुना युवा संसद लुम्बिनी-२०७० सञ्चालन हुनेछ जसमा सहभागीहरुलाइ स्वयं सत्तापक्ष एवं प्रतिपक्षमा विभाजन गरी सांसद, मन्त्री, प्रधानमन्त्री, सचेतक लगायत विभिन्न जिम्मेवारी प्रदान गरि संसद अधिवेशन आह्वान हुँदै शून्य समय, विषेश समय तथा विधेयक पेश गरि त्यस उपरको सैद्धान्तिक छलफल, दफाबार छलफल, संसोधिन पेश हुँदै पारित सम्मको प्रक्रिया हुनेछ ।

वि.सं २०७४ सालमा स्थापित नयाँ युवा नयाँ सोच नेपालले आफ्नो ४ कार्यक्षेत्र मध्ये “शैक्षिक-बौद्धिक” कार्यक्षेत्र अन्तरगत रहेर स्थापना कालदेखि नै नियमित रुपमा यस्ता कार्यक्रमहरु देशव्यापी रुपमा विध्यालय स्तरिय, नगर स्तरिय, जिल्ला स्तरिय एवं प्रदेश स्तरिय रुपमा आयोजना गरिरहेको अध्यक्ष मुकुन्द दिप मडैले बताएका छन् ।
यस प्रतियोगितामा उत्कृष्ट बहसकर्ता, उत्कृष्ट अनुसन्धानकर्ता एवं उत्कृष्ट नेतृत्वकर्ता गरि ३ विधामा सहभागीहरुलाइ पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *