अपडेट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

स्थानीय मदिरा ब्राण्डिङ्का लागि कानुन निर्माण गर्दैछौं : मन्त्री मास्की

दाङ, ४ मंसिर

लुम्बिनी प्रदेश सरकारले स्थानीय स्तर‍मा उत्पादित रक्सीलाई ब्रान्डिङ गर्नकालागि कानुन निर्माणको प्रक्रिया अघि बढाएको छ । प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार संघीय सरकारसंग समन्वय गरेर कानुन निर्माणको प्रक्रिया अगाडी बढाईएको छ । प्रदेश सरकारले स्थानीय स्तरमा उत्पादित पेय पदार्थ र मदिरालाई कानुन निर्माण गरि बजारीकरण गर्नकालागि दुई करोड बजेट बिनियोजन गरेको छ ।

सोही अनुसार कानुन निर्माणको प्रक्रिया अघि बढेको अर्थमन्त्री मास्कीले बताए ।“हामीले स्थानीय स्तरमा उत्पादित रक्सीलाई ब्राण्डिङ गर्नकालागि संघीय सरकार संग पनि समन्वय गरेका छौं”,उनले भने“एउटा समिति नै बनाएर कानुन निर्माणको प्रक्रियालाई अघि बढाएका छौं ।”

 

संघीय अर्थमन्त्री, उद्योग मन्त्रीसहित प्रदेश सरकारको टोली सम्मिलित एउटा समिति बनाएर कानुन निर्माण प्रक्रिया अघि बढाएको मन्त्री मास्कीले बताए । हाल विदेशबाट रक्सी ल्याएर नेपाली बजारमा खपत गर्ने गरिएको भन्दै नेपालमै रक्सी उत्पादन गरेर बजारीकरण गरेमा बाहिरबाट आयत गर्नुपर्ने अबस्था नरहने भन्दै यो कार्य अघि बढाइएको उनको भनाई छ । पहिलो चरणमा बाँके स्थित राप्ती सोनारी गाउँपालिकाले मौवाबाट रक्सी उत्पादन गर्न थालेको समेत मन्त्री मास्कीले बताए । प्रदेशमा मौवा, कोदो, जामुन, कुरिलो, टिमुर, बेल, लालिगुरासलगायतबाट मदिरा उत्पादन गर्ने तयारी रहेको छ ।

 

यसरी प्रदेश सरकारले रक्सी उत्पादन गरेर बजारीकरण गर्न थालेपछि प्रदेशका ७५ हजारले रोजगारी पाउने उनको भनाई छ ।“अहिले धेरै युवा जनशक्ति विदेश जाने गरेको छ, नेपालमा स्वरोजगारका अवसरहरु पनि प्रयाप्त छैनन्”,उनले भने “यो कानुन मात्रै निर्माण भएमा राम्रो जनशक्तिले नेपालमै रोजगार पाउनेछ ।”

 

नेपालमै उत्पादन हुने मदिराहरु अहिले विदेशबाट आयत गर्ने गरिएको भन्दै अब यसको अन्त्य हुनुपर्ने मन्त्री मास्कीले बताए ।

दाङ तुलसीपुर ३ मा आयोजित जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा मन्त्री मास्कीले यस्तो बताए ।सोही अवसरमा तुलसीपुर ३ मा ६१ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *