अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

विपिन जोशी गाजामा सुरक्षित

आइतबार, ०३ मङ्सिर २०८०

काठमाडौँ । गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी सुरक्षित रहेको पाइएको छ। गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा रहेका थिए। इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको हो ।

 

परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दिपक जोशीका अनुसार उनी सुरक्षित रहेको आधिकारिक जानकारी प्राप्त भएको हो । ‘उनी सुरक्षित रहेको आधिकारिक जानकारी आएको छ । अब उद्धारको लागि सरकारले थप सक्रियता देखाएको छ’ उनले भने ।

 

सुरक्षित रहेका जोशीलाई छुटाउनको लागि पहल भइरहेको उनले बताए । उनको सकुशल उद्धारको माग गर्दै केही दिन अगाडि उनका आमाबुबाले परराष्ट्र मन्त्री साउदसँग भेट गरेका थिए। परराष्ट्रमन्त्री साउदले जोशीको सकुशल उद्धारको लागि नेपाल सरकार, नेपाली दूतावास, इजरायल सरकार लगायतका निकाय अथक प्रयासमा रहेको बताए।

 

इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए । जोशीसहित कयौँलाई हमास समूहले नियन्त्रणमा लिएको थियो रातोपाटी ले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *