अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

छठ पर्वको सामग्रीमा गुम्ने अर्घ-पात : लहेरा/लहेरी समुदाय परम्परागत शिल्पकर्मीहरु

प्रभात कुमार लहेरा | मुख्या रुपमा मधेशमा मनाइने छठ पर्वमा छठी माता सथै अस्ताउदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पुजा गरिने चलन छ। छठ पर्वमा ब्रतालुहरुले फलफुल, प्रसाद, अर्घ लगायतका सामाग्रीहरु बाँसले बनाईएको भाडोमा सजाइ,छठ घाट पुगि पुजापाठ गर्दै सुर्य भगवानलाई अर्घ अर्पणगरि पुजा सप्पन्न गर्दछन्।

आस्थाको महान पर्व छठ पहिलो दिन-नहाए खाए, दोस्रो दिन-खर्ना, तेस्रो दिन-सझिया घाटे र अन्तिम दिन-भाेरिया घाटे(पर्ना) गरि ४ दिन सम्म हर्षहुलासाथ मनाइन्छ । व्रत बस्ने ब्रतालु ३६ घन्टा सम्म निराहार र निर्जल बसि भगवानको पुजा गरिने यो पर्वलाई सनातन धर्मावलम्बीहरुको मुख्य र कठिन पर्व मानिन्छ ।

सुर्य भगवानलाई पुजा गरि अर्घ अर्पण गर्ने हरेक पर्वमा अर्घको सामग्री मध्येको एक हो अर्घ-पात। सुर्य भगवानको पुजालाई मुख्य मनिने भएकोले छठको अर्घमा अर्घ-पातको ठुलो महत्व रहेको पाइन्छ।
अर्घको मुख्य सामग्री अर्घपात विभिन्न प्राकृतिक बिधि अपनाइ एउटा विशेष समुदायका व्यक्तिहरुले कयौं शताब्दी देखि निर्माण गरि आएको इतिहास छ।

विभिन्न चरणमा कयौं प्रक्रियाबाट बनाइने अर्घ पात पहिलो चरणमा बैशाख महिनामा अकवनको बोटमा फल्ने काचो कपास संकलन गरिन्छ। संकलन गरिएको काचो कपासलाई फुटाइ घाममा सुकाएर जम्मा गरिन्छ। यसरी सुकेको काचो कपासलाई विभिन्न प्रक्रिया बाट प्रयोग गर्न मिल्ने रुपमा परिवर्तन गरिन्छ।

दोश्रो चरणमा अर्घ-पात बनाउन यंत्र निर्माण गरिन्छ। माटोको ढकनिमा सुकेको गोबरको(गोइठी) खरानीलाई पानीको सहायताले गोलो साँचा बनाइन्छ। उक्त साँचामा कपास राख्दै दायाँ हातको बिचको तीनवटा औंला र देब्रेको पाँच औंलाको सहायताले घुमाउदै गोलो पातको आकार दिइन्छ।

तेस्रो चरणमा, कपासको सेतो पातलाई जम्मा गरि रंग दिने काम गरिन्छ। कुनै भाडोमा पानी राखि विशेष किसिमको रातो रंग र चामलको पिठो मिसाएर घोल बनाइन्छ। उक्त घोलमा डुबाउदै कपासको सेतो पातलाई रातो रङ्गले रंगिन बनाइन्छ। रङ्ग भरिएको पातलाई घोल संगै भाडोमै राखी उमालिन्छ। यसरी उमालेर राखिएको पात (स्थानीय भाषा: पिठा) लाई हातको मध्यमले छुट्टाइ घाममा सुकाइ जम्मा गरिन्छ। यसरी जम्मा गरिएको पातलाई एक-एक वटा छुट्टयाइन्छ।

अन्तिम चरणमा, छुट्टयाइएको पातलाई जम्मा गरि १०-१० वटा पातलाई एक ठाँउमा खर प्रयोग गरि बधिन्छ जस्लाई स्थानीय भाषामा कोरि भनिन्छ। यसरी जम्मागरि बाधिएको ८०-८० वटा कोरि पुनः खरले बनाएको डोरीमा एक ठाउँमा बाधिन्छ जसलाई स्थानीय भाषामा हुण्डी भनिन्छ ।

यसरी विभिन्न प्रक्रियाबाट निर्माण भएको कपासको रातो पातलाई सुर्य भगवानको पुजामा अर्पण गरिने अर्घमा प्रयोग हुने भएकाले उक्त पातलाई अर्घ-पात भानिन्छ। अर्घमा रहेका सामग्री मध्ये अर्घ-पात मुल सामग्री हो। अर्घ,अर्घ-पात बिना अपुर्ण मानिन्छ ।

मुल रुपमा लहेरा/ लहेरी जातीका मानिसहरुले अर्घ-पात बनाउने कार्यलाई व्यवसायीक जातीय पेशाको रुपमा पुस्तौंदेखि गरिआएका छ्न्। साथै उक्त लहेरा/लहेरी जातिका व्यक्तिहरुले विवाहमा दुलहीले लगाउने लाहको लहठी (चुरा) बनाउने कामलाई मुल रुपमा जातीय पेशाको रुपमा पुस्तौंदेखि गरिआएका छ्न्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *