अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

गोवर्धनपूजाको महत्व  – पण्डित बालमुकुन्द देवकोटा

मिति २०८० साल कार्तिक २८ गते मंगलबार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि अपरान्ह: २ / ३८ बजेसम्म त्यस उप्रान्त दुतिया तिथि आरम्भ हुने भएकोले यो दिन गोवर्धनपूजा गरिन्छ।
गोवर्धन पूजा चौथो दिन मनाइन्छ। पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो ।विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे ।गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैन थिए ।कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ ।आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरुलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।
संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन,गोकुल,गोपाल यी शव्दहरुले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजाको दिन तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरुले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनहारी गोरूको पनि पूजा गर्दछन्।कार्तिकशुक्ल प्रतिपदा गोवर्धन पूजाको दिन ,यो दिन गाई ,गोरुको पूजा गरिन्छ।समुन्द्र मथनबाट निक्लिनु भएको कामधेनु गाईलाई लक्ष्मिको स्वरुप मानिन्छ।सर्वप्रथम नन्दबाबाले इन्द्रको पूजा गर्नु भएको थियो र भगवान श्रीकृष्णले थाहा पाएर त्यो इन्द्रको पूजा हटाई गोवर्धन पर्वतको पूजा गर्नु भएको थियो।गोवर्धन पर्वत स्वयम् परमात्मा भगवान श्रीकृष्ण बनि छपन्न भोग {छपन्न थरि भगवानलाई चढ्ने खानेकुराहरु}ग्रहण गर्नु भएको थियो।त्यसैले आजको दिन गाई ,गोवर्धनको पूजा सकेर प्रार्थना गर्नु पर्दछ।
“गोवर्धन धराधार गोकुल त्राणकारक।
विष्णुबाहुकृतोच्छ्राय गवां कोटिप्रदो भव।।
या लक्ष्मीर्लोकपालानं धेनुरुपेण संस्थिता।
घृतं वहति यज्ञार्थे मम पापं व्यपोहतु।।
गावो मे अग्रत:सन्तु गावो मे सन्तु पृष्ठत:/
गावो मे हृदय सन्तु गवां मध्ये वसाम्यहम्।।
– पृथ्वीको धारण गर्नुहुने गोवर्धन!हजुर गोकुलको रक्षक हुनुहुन्छ।भगवान श्रीकृष्णले हजुरलाई आफ्नु हातको कान्छी औंला माथि उठाउनु भएको थियो।हजुर मलाई कोटि-कोटि गाईहरु प्रदान गर्नुहोस किनकि लोकपालहरुको जो लक्ष्मी गाइकोरुपमा स्थित हुनुहुन्छ।
पं-बालमुकुन्द देबकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *