अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

बझाङ्गमा SRHR सम्बन्धी जनचेतनामुलक सत्र सम्पन्न

बिजयराज जोशी । बझाङ्गमा २०८० कार्तिक १८ र १९ गते गरी दुई दिने दिन यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी जनचेतनामुलक सत्र सम्पन्न भएको छ।

जिल्लाको जयपृथ्वी नगरपालिकाका ११ ओटै वडाका किशोरकिशोरीहरु सहभागितामा भिजिबल इमप्याक्ट (Visible Impact) ले आयोजना गरेको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार, परिवार योजना र महिनावारी स्वच्छता सम्बन्धी जनचेतनामुलक सत्रमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार,परिवार योजना, महिनावारी स्वच्छता, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय र अपाङ्गता भएका ब्यक्तिहरलाई भेटभाबरहित यौन तथा प्रजनन् स्वास्थ्य सेवाको पहुँच बारेमा छलफल सहित अन्तर्क्रिया गरिएको थियो।

 

सहभागीहरुले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विविध विषयमा नयाँ जानकारी भएको बताए। सत्रमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका बारेमा बताइएको कुरा नयाँ रहेको र हामीले उहाँहरुलाई हेर्ने दृष्टिकोण बदलिएको जानकारी गराए ।

जनचेतनामुलक सत्रमा जयपृथ्वी नगरपालिकाका ११ ओटै वडाका १०० भन्दा बढी किशोरकिशोरीहरु संग उक्त सत्र रहेको र दुई दिन चलेको उक्त सत्रमा प्रत्येक दिन ५० भन्दा बढी फरक फरक किशोरकिशोरीहरुको सहभागितामा रहेको भिजिबल इमप्याक्टका युथ च्याम्पियन विजयराज जोशीले बताए। जनचेतनामुलक सत्रमा प्रशिक्षकमा भिजिबल इमप्याक्टका युथ च्याम्पियन विजयराज जोशी, मानसिंह विष्ट र अनिल जोशी रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *