अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

काग तिहारको के छ त धार्मिक महत्व- पण्डित बालमुकुन्द देवकोटा 

मिती २०८० साल कार्तिक २५ गते शनिवार काग तिहार वा कागपूजा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन हो।यस दिन कागको पूजा गर्ने गरिन्छ।काग कालो रङ्गको एक चराको नाम हो।यसलाई हिन्दी भाषा, तथा नेपालको तराई प्रदेशका भाषाहरू कौवा भनिन्छ।कागलाई संस्कृतमा काक भनिन्छ।तिहारमा (यम पञ्चकमा) पहिलो दिन कागको पूजा हुन्छ।कागलाई सबै चराहरूको बिचमा चतुर र चलाख पंक्षी मानिन्छ।ज्योतिष शास्त्रकानुसार कागलाई पूर्व सूचना दिने पंक्षीका साथै एक सन्देश वाहक पंक्षी पनि मानिएको छ।कागहरू धेरै प्रजातीका हुन्छन्।हाम्रो मुलुकमा दुई थरिका कागहरू प्राय: भेटिएका छन्, काले काग र माले काग।भनिन्छ कागको एउटा आँखा मात्र हुन्छ। यो सत्य पनि हो कागको आँखा दुईटा भए पनि एउटा आँखाले मात्र काम गरेको हुन्छ। हिन्दू मान्यताका अनुसार कागलाई विभिन्न तान्त्रीक तथा ज्योतिष प्रयोगमा ल्याइन्छ।कागहरु नेपाल लगायत का थुप्रै देशहरूमा पाईन्छन्।कतिपय ठाउँमा यदि कसैलाई चलाख र चतुर भन्नु पर्यो भने ‘कस्तो काग रैछ’ पनि भनिन्छ।यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिइ काग तिहार मनाउने गरिन्छ।
कागोऽसि यमदूतोऽसि वायोसोsसी
माहामते ।
ईहं बलिं गृहाण त्वां त्रायस्व
यमसङ्कटात् ।। अर्थात-हामीले दिएको खानेकुरा खाएर प्रशन्न होऊ यमदण्डरुपी संकटबाट मूक्ति दिलाउ ।कागलाई यमराजको अत्यन्त प्रिय भक्त पनि मानिन्छ।त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन्।यो दिन कागलाई पूजा नगरी र खान नदिए पापकोभागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको छ।
पं-बालमुकुन्द देबकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *