अपडेट
हेर्नुहोस् आज शनिबारको राशिफल बैशाख ७ गते शुक्रबारको राशिफल हेर्नुहोस बैशाख ६ गते बिहिबार को राशिफल हेर्नुहोस थारमारे दुर्घटना अवडेट : २२ जना घाइते, ९ जनालाई रिफर, ४ काे अवस्था गम्भीर सल्यानमा बस दुर्घटना‌ हुदाँ १४ जना घाईते रामनवमीव्रतको धार्मिक महत्व ? व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो आज बैशाख २, २०८१, आइतबारको राशिफल हेर्नुहोस गजल – जयन्ता खत्री “सुधा” नववर्षारम्भ जानकारी ! तुलसीपुरमा एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले दु:ख भोगेका छन् : मेयर टिकाराम खड्का प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु  तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्की सम्मानित तुलसीपुर ५ का बालबालिकालाइ नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी मन्त्री हुँदा बजेट हालेँ,अब विकास हेर्छुः मास्की दाङमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

 

 

कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ।

 

उक्त गाडीलाई मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने सभामुख सवार गाडीमा क्षति पुगेको छ।

 

बागलुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुमतर्फ जाँदै गरेको सभामुख र उपसभामुख सवार गाडीमा बुर्तिवाङबाट बागलुङतर्फ आउँदै गरेको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

 

रुकुमपूर्व हुँदै कर्णालीतर्फ जाँदै गरेको सभामुख नन्दा गुरूङ र उपसभामुख यशोदा न्यौपाने सवार कर्णाली प्रदेश २–००–१ झ ००९३ नम्बरको स्कर्पियो विपरीत दिशाबाट आउँदै गरेको ग ११ प ८१५७ नम्बरको मोटरसाइकलसँग एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *