अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

पहिलो समयमा भूकम्प बाट ज्यान गुमाएउनेको संख्या 1 सय 21पुगेको छ कुन पालिका मा कति?

जाजरकोट केन्द्रविन्दु भएर गएराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १ सय २१ पुगेको छ। प्रहरीका अनुसार जाजरकोट र रुकुमपश्चिममा अहिलेसम्म कम्तीमा १ सय २१ जनाले ज्यान गुमाएका छन्।

जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको मृत्यु भएको छ। भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार स्वास्थ्य शाखामा अहिले ३० जनाको शव छ भने पाँच जनाको शव रिम्नामा राखिएको छ।

सबैभन्दा बढी क्षती वडा नम्बर १ र ३ भएको छ। भेरी करिडोर लगायतका सडकहरु अवरुद्ध भएका कारणले घाइतेको उद्दार गर्न समस्या भएको उनले बताए।

प्रारम्भिक जानकारी अनुसार भेरी नगरपालिकामा मात्रै झण्डै एक सयभन्दा बढीले ज्यान गुमाएको हुन सक्ने नगर प्रमुख घर्तीले बताए। नगर क्षेत्रमा रहेका अधिकांश भौतिक संरचनामा क्षति पुगेको छ।

यस्तै, जाजरकोटकै नगलगाड नगरपालिकामा उपप्रमुख सरिता सिंहसहित ५० जना भन्दा बढीले भूकम्पमा परेर ज्यान गुमाएका छन्।

नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतका अनुसार हालसम्म ५० जना बढीले ज्यान गुमाएको जानकारी आएको छ। वडा नम्बर १ मा सबैभन्दा बढी मानविय क्षति भएको छ। सो वडामा ३० देखि ३५ जना घाइते भएका छन्।

ठाउँ ठाउँमा सडक अवरुद्ध भएको र टेलिफनले काम नगरेकाले उद्धारमा कठिनाई भएको तथा घटनाको यकिन विवरण संकलनमा समस्या भएको उनले बताए।

यस्तै, रुकुमपश्चिमा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ बढी घाइते भएका छन्। पछिल्लो अपडेटअनुसार ३६ जनाको मृत्यु भएको रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईले जानकारी दिए ।

रुकुमपश्चिममा ८५ जना भन्दा बढी घाइते भएका छन्। रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन्

-नेपालकर्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *