प्यूठान, प्यूठानमा शुक्रबार राती ११.४८ बजे भूकम्पको ठूलो धक्का महशुस गरिएको छ । राजधानी काठमाण्डौं लगायत देशका कैयन जिल्लामाभूकम्पको ठुलो धक्का महशुस गरिएको छ। पश्चिम नेपालमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। भुइँचालो करिब ६ म्याग्निच्युडको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।
पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्। त्यहाँ लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन्। अहिले पनि प्यूठानका नागरिकहरु त्रसित रहेका छन्।