नरेश भट्टराई , कालिकोट
नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखा द्वारा संचालित सामुदयिक स्वास्थ्यका लागि एकिकृत पहल कार्यक्रम सान्नी त्रिवेणी गाउँपालिका मा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अथिति नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश का उप निदेशक सन्दिप कुमार मगर हुनुहुन्थ्यो , कार्यक्रम को विशेष अथिति अभिषेक ओझा रहनु भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखा द्वारा संचालित सामुदयिक स्वास्थ्यका लागि एकिकृत पहल कार्यक्रम अन्तरगत सान्नी त्रिवेणी गाउँपालिका मा एक दिने आधारभूत जीवन सहायता तालिम सम्पन्न गरिएको छ । उक्त तालीममा गाउँपालिका अन्तरगत रहेका सम्पुर्ण स्वास्थ्य संस्था , रेडक्रस प्रतिनिधि , कर्मचारी र विद्यालयका शिक्षक गरी जम्मा २० जना तालीममा सहभागी रहेका थिए । उक्त कार्यक्रमको सहजीकरण, सान्नी त्रिवेणी गाउँपालिका का स्वास्थ्य प्रमुख मिन बहादुर विष्ट, कालिकोट जिल्ला परियोजना अधिकृत भरत हमाल र पालिका संयोजक भोजराज ओझा ले गर्नु भएको थियो,उक्त तालिम पश्चात गाउँ घरमा यदि कसैलाई दुःख कष्ट भयो भने बचाउन सकिने सिप मुलक तालिम रहेको पालिका संयोजक भोजराज ओझा ले बताउनु भयो ।