काठमाडौं । सर्वोच्च अदालतले नेपालगञ्जका योगराज ढकाल ‘रिगल’ लाई दिइएको आममाफी बदर गर्दै पुुनः पक्राउ गर्ने आदेश दिएको छ ।
आज सर्वोच्चले उनको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न परमादेश दिएको हो ।
मंगलबार र बुधबार सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको थियो ।
२०७२ साल असार २८ गते नेपालगञ्जका चेतन मानन्धरमाथि रिगलले खुडा प्रहार गरी हत्या गरेका थिए । चेतनको हत्या अभियोगमा सजाय काटिरहेका रिगललाई संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । राष्ट्रपतिले आममाफी दिएसँगै चेतनकी पत्नी भारती मानन्धरले रिगलको आममाफीविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।
जन्मकैदको सयाज भोगिरहेको व्यक्तिलाई आम माफी दिइएको भन्दै राष्ट्रपतिको भूमिकामाथि नै प्रश्न उठेको थियो ।