अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

विश्वकप छनोटमा नेपालको विजयी शुरूआत, सिंगापुरविरुद्ध आठ विकेटको जीत

आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपालले विजयी शुरूआत गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार बिहान सिंगापुरलाई आठ विकेटले हराउँदै विश्वकप छनोटमा नेपालले विजयी शुरूआत गरेको हो ।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमै दुई विकेट गुमाएर पूरा गर्‍यो ।

नेपाललाई जीत दिलाउने क्रममा कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । ४७ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे ।

आशिफ शेखले २७ रन बनाए । २५ बल खेलेका उनले दुई चौका र एक छक्का हाने ।

यस्तै कप्तान रोहित पौडेलले ३५ रन बनाए । २४ बल खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रनको योगदान गरे। यस्तै आर्यावीर चौधरीले ३९, मनप्रित सिंहले २० रन बनाए ।

नेपालका लागि अविनाश बोहराले ​सर्वाधिक तीन विकेट लिँदा सन्दीप लामिछाने र गुल्सन झाले दुई/दुई विकेट लिए । यस्तै करण केसीले एक विकेट लिए ।

आजदेखि शुरू भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

आगामी टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी-२० विश्वकपमा छनोट हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *