अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

आश्रमको मेची-महाकाली यात्रीलाई मन्त्री मास्कीद्वारा स्वागत

देउखुरी,१२ कात्तिक ।

मानव सेवा आश्रमको मेची-महाकाली यात्राको टोलीलाई लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा स्वागत गरिएको छ । प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले टोलीलाई स्वागत गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्कीले सडक मानव मुक्त अभियानमा लुम्बिनी प्रदेश सरकार साथमा रहेको बताए । सडकमा बस्नु रहर नभई बाध्यता भएकाले त्यसलाई सबै मिलि निराकरण गर्नुपर्ने मन्त्री मास्कीको भनाई छ ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहितको टोलीले मेची-महाकाली यात्रा गरिरहेको छ । ‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा’ भन्ने मूल नारासहित पूर्व मेची पूलबाट सुरू अभियान अन्तर्गत दसैँभर आईतबार १५ औं दिनमा दाङ आईपुगेको हो ।

 

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा असोज २७ गतेदेखि सुरू भएको ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८०’ आईतबार दाङ आएको हो ।

चर्चित गायिका आनी छोइङ डोल्मासँगै मानव सेवा आश्रमका सदस्यहरुसहित अभियानमा रहेका टोलीले सडकमा बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, मानसिक तथा सामाजिक रूपमा कमजोर सडकआश्रित मानवलाई उद्धार गर्दै आएको छ ।

मानव सेवा आश्रमले देशका २४ वटा सेवाकेन्द्रबाट हालसम्म १ हजार ६ सय बढीको उद्धार गरी आश्रमको व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *