अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलद्वारा वार्ता भवनको अवलोकन

दाङ,११ कात्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार तथा पूर्वमन्त्री हरिबोल गजुरेलले दाङ स्थित वार्ता भवनको अवलोकन गरेका छन् । शुक्रबार गजुरेलसहित लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलगायतले उक्त भवनको अवलोकन गरेका हुन् । दाङ बबई गाउँपालिका स्थित हापुरेमा २०६० सालमा तेस्रो पटक शान्तिवार्ता भएको थियो । सोही स्थान एतिहासिक भएकाले आफूले अवलोकन गरेको र त्यसलाई संरक्षण गर्न पहल थाल्ने गजुरेलले बताए ।

जहाँ शान्तिवार्ता हुँदा तत्कालिन माओवादीको तर्फबाट डा.बाबुराम भट्टराई, राम बहादुर थापा‘बादल’ र कृष्ण बहादुर महरा थिए, भने तत्कालिन सरकारको तर्फबाट कमल थापा र प्रकाश चन्द्र लोहनी सहभागि थिए ।

तर वार्ता भने सफल हुन सकेको थिएन् । त्यो बर्ता त्यहाँका बासिन्दाले अहिले पनि झलझली सम्झि रहन्छन् । स्थानीय शिबलाल खत्रीको घरमा वार्ता भएको थियो । त्यो घर अहिले पनि सुरक्षित छ । शान्तिवार्ता भएको घरमा अहिले पनि खत्रीको परिवार बस्दै आएको छ । उनको कोठामा नेता डा. बाबुराम भट्टराई र कृष्ण बहादुर महराको फोटो राखिएको छ । इतिहास बोकेको घरको सम्झना स्वरुप फोटो राखेको खत्रीले बताए ।

उक्त स्थानलाई नमूना संग्राहलय बनाउनु पर्ने उनको माग छ । द्वण्द्वकालमा एउटा ईतिहास बनाएको उक्त स्थानमा कुनै पनि चिनो नराखिएको भन्दै उनले त्यसको संरचना र चिनारीका लागि संग्राहलय बनाउनु पर्ने बताए । यसका लागि राज्यले पनि पहल थाल्नु पर्ने उनको भनाई छ ।

शान्तिवार्ता भएको उक्त घर संरक्षण गरे आउने पुस्तालाई पनि ईतिहास थाहा हुने भन्दै शान्तिवार्ता भएको स्थानलाई सुरक्षित राख्नु पर्ने खत्रीको भनाई छ ।

सहरीकरणकालागि डीपीआर हुने दाङको एतिहासिक हापुरे बजारको बस्ति विकास तथा शहरीकरण गरिने भएको छ । त्यसकालागि लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री धनबहादुर मास्कीले हापुरे बजार एतिहासिक रहेकाले त्यहाको ब्यबस्थित शहरीकरण आबयक रहेको बताए । त्यसकालागि प्रदेश सरकारले ५० लाख बजेट बिनियोजन गरेको उनको भनाई छ । हापुरेमा शान्ति वार्ता समेत भएको हो । वार्ता भएपछि त्यो बजारका राष्ट्रिय रुपमा चर्चा हुने गर्छ । त्यस्तै दाङ-सुर्खेत सडक खण्डको एउटा केन्द्रका रुपमा समेत हापुरे बजारलाई लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *