सागर सुबेदी, कार्तिक ८
प्युठान सर्जक तथा लोक दोहोरी गायक मनोहर भण्डारी ले देशको राजनिति को यथार्थ चित्रण गरिएको गीत ” देश लुटेर खाने लाइ पो रै छ नेता भन्ने ” सार्वजनिक गरेका छन । कार्तिक ८ गते बुधबार Manohar Bhandari युट्युव च्यानल मार्फत गीत भिडियो सार्वजनिक गरेका छन । मनोहर भण्डारी को शब्द , लय , संगीत तथा निर्देशन मा निर्मित उक्त गीतमा भुवन के पोख्रेल , उमेश सुबेदी र लक्ष्मी गौतम को मुख्य अभिनय देख्न सकिन्छ भिडियो गीतको मिक्सिङ तथा म्युजिक एरेन्ज जय देवकोटा को रहेको छ ।
उक्त गीतमा देशको वर्तमान समयको यथार्थ फोहोरी राजनीति को चित्रण गरेको देख्न सक्छौं । गाउँ घरमा चुनावको बेला भोट माग्दा जाँदा जनतालाई देखाएको आश्वासन , तथा झुटो आसा र चुनाव जितिसके पछि नेता स्वयम आफु बन्न को लागी काम गर्ने तथा राजनीति को धर्म नै बिर्सेको कथा लाइ यथार्थ देख्न सक्छौं । भिडियो को अन्तमा फोहोरी राजनीति देखेर वाक्क परेका युवा ले आइपरेको खण्डमा फोहोरी राजनीति को अन्त्य गर्न जरो नै उखाली फाल्न सक्छन् भन्ने चित्रण गर्दै नेता माथि खुकुरी प्रहार को दृश्य राखिएको सर्जक भण्डारी बताउछन ।