अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

नयाँ पाइला को दशैँ मिलन : चाडपर्वले संस्कृतिका नाममा फैलिएका विकृतिलाई नयाँ पुस्ताले हटाउँदै जानुपर्ने

दाङ, ६ कार्तिक ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले चाडपर्वले सभ्य समाज निर्माण गर्न प्रेरित गर्ने बताउनु भएको छ । बडा दशै, शुभ दीपावली तथा छठ पर्वको अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको नयाँ पाइला पुर्नःस्थापना केन्द्रले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

 

महासचिव पोखरेलले चाडपर्वले संस्कृतिका नाममा फैलिएका विकृतिलाई नयाँ पुस्ताले हटाउँदै जानुपर्ने बताउनुभयो । नेपालमा सीमाका कारण लागुपदार्थ दुव्र्यशनी बढ्दो क्रममा रहेकाले नेपाल सरकारले नियन्त्रणमा विशेष सावधानीपूर्वक अभियान थाल्नुपर्ने बताउनुभयो ।

 

उहाँले समाजमा बढ्दो दुव्र्यशनी हटाउन गृह मन्त्रालयको मात्रै पहलले नहुने भन्दै विद्यालय तहबाटै सचेतनाका कार्यक्रम गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय घर परिवारका अभिभावकले कार्य व्यस्तताका कारण बालबालिकालाई चासो नदेखाएका कारण दुव्र्यशनीको समस्या थप विकराल बन्दै गएको बताउनुभयो ।

यसको लागि अभिभावकले निगरानी बढाउनुपर्ने उहाँले बताउनुभयो । आफ्नो बालबालिकालाई समय दिने र उनिहरुलाई असल संस्कार दिनु अभिभावकको जिम्मेवारी भएको बताउनुभयो ।

 

कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले पालिकाको तर्फबाट लागुपदार्थ दुव्र्यशनी न्यूनिकण गर्न सचेतनाको कार्यक्रम गरेपनि विद्यालय तहसम्म नपुग्दा प्रभावकारी बन्न नसकेको बताउनुभयो ।

 

उहाँले प्रहरीको सक्रियता र अभिभावक शिक्षा अनिवार्य रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले देशकै जनशक्ति युवा लागुपदार्थ दुव्र्यशनमा फसि रहेकाले यसको नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

 

दाङ जिल्ला उद्योग बाणिज्य संघका प्रमुख बसन्त कुमार जोशी, साक्षर नेपाल दाङका अध्यक्ष बिन्दु गिरी, डिल्ली केसी, शंकर आषिश आचार्य, बसन्तबहादुर पुन, डिल्लीबहादुर रावत लगायतले लागु औषधको दुव्र्यशनी पछिल्लो समय धेरै बढेकाले यसको नियन्त्रणका लागि सरोकारवाला निकाय, गाउँ समाज सबैले सोच्नुपर्ने बताएका हुन् ।

 

नयाँ पाइला पुर्नःस्थापना केन्द्रका सल्लाहकार सुनिल पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यस अवसरमा आमन्त्रीत सबैलाई संस्थाका सल्लाहकार शुष्मा लामिछानेले धन्यावाद ज्ञापन गर्नु भएको हो । संस्थाका सल्लाहकार सुन्दर गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका प्रेस संयोजक गोकर्ण पौडेलले गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *