अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

रेडक्रस उपशाखा बिजौरीले गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

कपिल लामिछाने
नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको आयोजनामा आज दशै मिलन शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
सबैबिच भाईचारा एवम् सदभाव बढोस् भन्दै बिजौरी रेडक्रस उपशाखाको भवनमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापती मदन गौतमले बडा दशैँको पूर्वसन्ध्यामा गरिएका यस्ता किसिमका कार्यक्रमहरुले सबैको सामाजिक चिन्तन र सोचमा परिवर्तन ल्याउने भन्दै उपस्थित सम्पुर्णमा शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले देशमा चाडबाडका बेला देखिएका कयौँ समस्याका कारण चाडबाडहरु खासै हर्ष उल्लासमय नभएको र हामीहरुले यस्ता चाडबाडहरुमा आम जनताको हितमा उहाँहरुको समग्र दैनिकीलाई ख्याल गरि काम गर्नुपर्ने र नव दुर्गा भवानीले सबैलाई सकारात्मक उर्जा देउन भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।
त्यस्तै तुलसीपुर-१९ का वडा अध्यक्ष प्रेमनाथ योगीले बजारमा अहिले बिगतको भन्दा कम कारोबार भएको हुँदा यस्ता बिषयमा सोच्नुपर्ने र चाडबाडलाई देखासिकी भन्दा पनि आफ्नो परम्परा अनुसार मनाउन अनुरोध गर्दै शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रसका पूर्व केन्द्रिय सदस्य शिव कुमार थापा, नेपाल रेडक्रस दाङका सदस्य भिमलाल मरासिनी, नेपाल रेडक्रस उपशाखा तुलसीपुरका सभापती देबिका नेपाली, नेपाल रेडक्रस बिजौरीका संस्थापक नारायण प्रसाद आचार्य, नेपाल रेडक्रस विजौरीका सल्लाहकार ईश्वर पोख्रेल, समाजसेवी नदन कुमार अर्याल, बिजौरी उद्योग बाणिज्य संघका उपाध्यक्ष चित्र बहादुर खड्का, शिवालय मन्दिर सञ्चालक समितिका महासचिव रबिराज गौतम, जनस्वास्थ्य निरक्षक डिल्ली केसी, लगाएतले आउदै गरेको बडा दशैँ शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा सबै नेपालीहरुको सु-स्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतीको कामना गर्दै आगामी दिनहरुमा पनि रेडक्रस उपशाखा बिजौरीले यस्तै किसिमका रचनात्मक कामहरु गरोस् भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।

नेपाल रेडक्रस उपशाखा बिजौरीका सभापती बालकृष्ण रेग्मी(शम्भु)को अध्यक्ष, नेपाल रेडक्रस सोसाईटी जिल्ला सभापती मदन गौतमको प्रमुख आथित्यता एवम् तुलसीपुर-१८ र १९ का अध्यक्ष द्धय माधव वली र प्रेमनाथ योगी तथा नेपाल रेडक्रसका पूर्व केन्द्रिय सदस्य शिव कुमार थापाको बिशिष्ठ आथित्यतामा भएको कार्यक्रम संस्थाकी उपसभापती ज्वाला पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव मुकेश वलीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *