नरेश भट्टराई, कालिकोट
कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा भलिबल प्रतियोगिता हुने भएको छ । कर्णाली सेवा समाज को आयोजनामा हुने प्रतियोगितामा प्रथम हुने ले ३ लाख ३३ हजार ३ सय ३३ रूपैयाँ , दोस्रो हुनेले २ लाख २२ हजार २ सय २२ रूपैयाँ र तेस्रो हुनेले १ लाख ११ हजार १ सय ११ रूपैयाँ प्राप्त गर्ने आयोजक सस्थाका अध्यक्ष नरेश बम ले जानकारी दिनुभएको छ ।
राष्ट्र को लागि खेलकुद स्वास्थ्य को लागी खेलकुद भन्ने नारा सहित कार्तिक 13 गते देखि 17 गते सम्म सन्चालन हुने कर्णाली प्रदेश स्तरिय अन्तर पालिका भलिबल गोल्डकप मा प्रमुख अतिथी कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्री मा. वेदराज सिंह आउने आयोजक ले जनाएको छ । प्रतियोगितामा सहभागी हुन टिम दर्ताको लागि प्रत्येक टिम ले 15000 बुझाउनु पर्ने छ ।