सागर सुबेदी , कार्तिक १ ,दाङ
दाङको तुलसीपुर उपमहानगरपालिका प्रदेश र केन्द्र सरकार प्रति असन्तुष्टी रहेको उपमेयर स्यानी चौधरी ले बताएकी छिन । तुलसीपुर उपमहानगरपालिकाको सभा हलमा तुलसीपुर उपमहानगरपालिका ले आयोजना गरेको बडा दशैँ , शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम मा प्रमुख अतिथि लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्की प्रश्न गर्दै टरिगाउँ एयरपोर्ट , ४ लेन सडक को बारेमा नगरबासी जनता ले आफुहरुलाइ प्रश्न गर्ने तर प्रदेश तथा केन्द्र सरकार ले ठेक्कापट्टा जस्ता काममा उपमहानगरलाइ जानकारी नगराएको भन्दै असन्तुष्ट व्यक्त गरेकि हुन । एयरपोर्ट , ४ लेन सडक जस्ता ठुला योजना प्रदेश सरकार तथा केन्द्र सरकार ले नै गर्ने तथा पालिका लाइ जानकारी नहुँदा आफुहरुलाइ नगरबासी लाइ जवाफ दिन तथा नगरबासीको गाली समेत खानु परेको बताएकी हुन । उता प्रदेशका आर्थिक मामिला मन्त्री मास्की ले भने एयरपोर्ट को स्तरोन्नती तथा समग्र विकासका लागी प्रदेश सरकार ले बजेट विनियोजन गर्न लागेकोमा , अन्तिम चरणमा यस्ता योजनामा प्रदेश सरकारले बजेट छुट्याउन नमिल्ने थाहा पाए पछि केन्द्र सरकारको आसा गर्नु परेको बताएका थिए ।