साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको हो ।
यसअघि गत शुक्रबार पनि सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको थियो । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १ हजार ३४५ रुपैयाँमा किनबेच भएको भएको चाँदी आइतबार प्रतितोला ४५ रुपैयाँ बढेर १ हजार ३९० रुपैयाँमा किनबेच भइरहेको छ ।