अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

मोहनमाया मा.वि ले गर्यो कक्षा ११ लाई स्वागत

सौगात घिमिरे |  बिर्तामोड नगरपालिका वडा न.२ स्थित मोहनमाया माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक
विध्यार्थीहरुको स्वागत तथा दसैंको शुभकामना आदानप्रदान कार्यक्रम समापन भएको छ!

आज शनिबार पहिलो त्रैमासिक परिक्षा सकिए लगत्तै कक्षा ११ तथा डिप्लोमा प्रथम वर्षमा अध्ययन गर्न आएका नवआगन्तुक विध्यार्थीहरुलाई कक्षा १२ को आयोजना साथै विद्यालयको सहयोगमा स्वागत तथा नेपालीहरुको महान चाड बडादसैं-२०८०को शुभकामना आदानप्रदान कार्यक्रम समापन भएको हो! कक्षा ११/१२ का विध्यार्थी प्रतिनिधि अध्यक्ष नविन तिवारीको अध्यक्षतामा समापन भएको कार्यक्रम विद्यालय प्रधानाध्यापक शेर बहादुर श्रेष्ठ,विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवी निरौला बस्नेत,शिक्षक अभिभावक संघ अध्यक्ष लिला नाथ खत्री तथा विद्यालय व्यस्थापन समितिका सदस्य हरुको आतिथ्यमा समापन भएको हो।
पहिलो चरणमा अतिथिहरुद्वारा सम्पुर्ण नवआगन्तुक विध्यार्थीहरुलाई अबिर खदा तथा मायाको चिनो सहित स्वागत गरिएको थियो भने भने त्यसपश्चात् विभिन्न विधामा विध्यार्थीहरुको अन्तरनिहित क्षमता प्रष्फुटन गरिएको थियो जस अन्तर्गत विध्यार्थीहरुद्वारा नृत्य,गायन तथा कबिता गजलहरु प्रस्तुत गरिएका थिए,
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले ५ वर्ष अघि निकै नै न्यून विध्यार्थीहरु सहित ११ /१२ का कक्षा सन्चालनमा ल्याएको र आज भने विद्यालय मुलककै एक नमुना विद्यालयको रुपमा स्थापित भइसकेको र आज विद्यालयमा भर्ना पाउन विध्यार्थीहरुको अत्याधिक चाप रहने गरेको कुरा राख्नु भयो। कक्षा १२ का टिका रिजाल तथा अपेक्षा आचार्य द्वारा स्वागत गरेको कार्यक्रम कक्षा १२ कै विध्यार्थीद्वय अदिति चौलागाईं र प्रदिप थापाद्वारा सन्चालन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *