अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

सासूको शव भकारीमा लुकाएको घटना– सामान्य विवादमा हत्या गरेको बयान


सल्यानको सिद्धकुमाख गाउँपालिकामा बुहारीले सासूको हत्या गरी भकारीमा शव लुकाएको विषय पछिल्लो एक सातायता चर्चामा छ । १८ वर्षीया बुहारी शर्मिला बुढाथोकीले ४९ वर्षीया सासू गणेशी रोकाको हत्या गरेको अरोपमा अनुसन्धान भइरहेको छ । गणेशीको हत्या भएको ४ दिनपछि मात्र शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नविन कार्कीका अनुसार शर्मिलाको ४ महिनाअगाडि मात्र विवाह भएको थियो । ‘हत्याको अन्य कारण देखिँदैन, भर्खर १८ पुगेकी युवतीले चाँडै विवाह गर्दा सामान्य झगडामा आवेगमा आएर हत्या गरेको देखिन्छ,’ डीएसपी कार्कीले लोकान्तरसँग भने, ‘सामान्य विवादमा हत्या गरेको भनेर उनले स्वीकारेकी छन् ।’ डीएसपी कार्कीका अनुसार शर्मिला बेला–बेलामा बिरामी हुने गरेकी थिइन् । त्यो कुरा थाहा पाएर नै गणेशीका कान्छा छोरासँग उनको विवाह भएको थियो । त्यो विषयलाई लिएर सासूले समय-समयमा मानसिक तनाव दिने गरेको बयान शर्मिलाले प्रहरीलाई दिएकी छन् । अस्पताल लैजानुस् भन्दा निको हुन्छ भन्दै चर्च लैजाने गरिएको बयान शर्मिलाले दिएकी छन् । परिवारका सदस्य क्रिश्चियन भए पनि शर्मिला अर्कै धर्मको रहेको डीएसपी कार्कीले बताए ।

कसरी भयो घटना ?

असोज १५ गते बिहान शर्मिलाका श्रीमान् अम्मर रोका टिमुर टिप्न भन्दै मामाघर गएका थिए । शर्मिला बिरामी भएको भनेर घरमा सुतिराखेकी थिइन् । सासू गणेशीले धान भित्र्याउनका लागि खेतमा जानुपर्ने बताइन् । त्यही विषयमा विवाद भएको शर्मिलाले प्रहरीसँग बताएकी छन् ।सामान्य विवादपछि खेतमा पुगेका उनीहरूबीच त्यहाँ फेरि विवाद भएको पाइएको छ । ‘खेतमा मलाई सासूले भुत्ल्याउनुभयो,’ उनले प्रहरीसँगको प्रारम्भिक बयानमा भनेकी छन् । खेतबाट फर्किएपछि घरमा विवादले उग्ररूप लिएको पाइएको प्रहरीले जनाएको छ ।`शुरूमा चिर्पट प्रहार गर्दा सासु बेहोश भएकी रहिछन्,’ एक प्रहरी अधिकारीले भने, ‘त्यसपछि पटक–पटक चिर्पट प्रहार गरेर सलले घाँटी समेत कसी हत्या गरेको पाइएको छ ।’ त्यसपछि उनले शव भकारीभित्र लुकाएको पाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार उनले कसैले थाहा नपाऊन् भनेर घर रातोमाटोले लिपेकी थिइन् ।परिवारका सदस्यले गणेशीलाई ४ दिनसम्म खोजेका थिए । शर्मिलाले ‘घाँसको भारी लिन जानुभएको थियो’ भन्ने जवाफ दिएकाले घरदेखि जंगलसम्म खोजी गर्दा पनि नभेटिएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि खोजीकै क्रममा गणेशीको शव भकारीमा फेला परेको हो । ‘उनीहरूले पहिला आफन्तको घरदेखि जंगलमा समेत खोजेका रहेछन् । कहीँ फेला नगरेपछि खोजिदिन भन्दै प्रहरीलाई खबर गरेका थिए,’ डीएसपी कार्कीले  भने पछि मृतकका दाजु बलवीर बस्नेतले शव फेला पारेका हुन् । शव भेटिएपछि प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले शर्मिलालाई असोज १९ गते घरबाटै पक्राउ गरेको हो ।गणेशीको शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको छ । अभियुक्त शर्मिलामाथि जिल्ला अदालत सल्यानबाट ८ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *