अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

आश्विनकृष्ण इन्दिरा एकादशीको धार्मिक महत्व – पण्डित बालमुकुन्द देवकोटा

मिती २०८० साल आश्विन २३ गते मंगलबार आश्विनकृष्ण इन्दिरा एकादशी तिथी अपराह्न: ३ / ३३ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथी आरम्भ रहेको छ।
आश्विनस्याsसिते पक्षे इन्दिरा नाम नामत :
तस्या व्रतप्रभावेण महापापं प्रणश्यति।
अधोयोनिगतानं च पितृणां गतिदायिनीम्।
अर्थात् आश्विनको कृष्णपक्षमा इन्दिरा नाम गरेको एकादशी हुन्छ। त्यस एकादशी व्रतका प्रभावले ठूला – ठूला पापहरु पनि नाश हुन्छन। नरकमा गएका पितृहरुलाई असल गति दिनेवाली हुन्छ। त्यसैले यो एकादशीको बारे सुन्नाले पनि “यस्या :श्रवणमात्रेण वाजपेयफलं लभेत् “अर्थात् यो इन्दिरा एकादशीको कथा सुन्नाले मात्रै पनि वाजपेय यज्ञ गरेको फल प्राप्त हुन्छ।यो दिन हृषिकेश भगवानको पूजा ,अर्चना तिल, तुलसीले गर्नुपर्दछ।
सत्ययुगमा रिपुसूदन अथवा इन्द्रसेन नाम गरेका राजाको माहिष्मती नाम गरेको राजधानीमा ति राजा छोरा ,नाति ,पनातिले युक्तभएर सधैं मोक्ष गराउने गोविन्दको नाम जप्दै हमेसा अध्यात्मबिद्दाको चिन्तनमा समय व्यतित गर्दथे।त्यति नै बेला नारदमुनिको आगमन भएको देखेर राजाले आफू आसनबाट उठेर मुनिको पाउधोई आसनमा राखी ,पूजा ,अर्चना गरेर आगमनको कारण सोध्दा देवर्षि भन्नुहुन्छ हे राजन !म एकपल्ट यमलोकमा गएको थिए त्यवेला तिम्रा पिताले मेरो छोरो इन्द्रसेन माहिष्मती राजधानीको मालिक छ। त्यसलाई हजुरले ‘तिम्रा पिताले पूर्वजन्ममा गरेको कुनै दोषको पापलेगर्दा यमराजको नजिक नरकमा रहनु परेको छ ‘त्यस पिताको दोषलाई नाश गर्नकोलागी तिम्रा पिताले “स्वर्गं प्रेषय मां पुत्र इन्दिराव्रतदानत : ,इत्युक्तोsहं समायात :समिपं तव पार्थिव “/अर्थात् हे पुत्र !इन्दिरा एकादशी व्रतको पुण्य दिएर मलाई स्वर्गमा पठाईदेऊ भनेका छन्। त्यसैले पिताको स्वर्गप्राप्तिकोलागि दशमीको दिन श्रद्धा भक्तिको साथ प्रात :स्नान ,नित्यक्रिया सकेर मध्यान्हको समयमा नदीमा स्नान गरेर श्रद्धापूर्वक पितृहरुको खुसीकोलागि श्राद्ध गर्नु र त्यो दिन एक छाक भोजनगरी भूइँमा सुतेर भोलिपल्ट प्रात :उज्यालो भएपछि एकादशीको दिनमा स्नानगरी शुद्ध सेतो धोती लगाएर भक्तिभाव सहित म भोलि मात्रै खानेछु भन्ने नियम गरेर एकादशीको मध्यान्न समयमा शालिग्राम भगवानको सामुने विधिपूर्वक पितृको श्राद्ध ,सिधा र पिण्ड सम्पूर्ण कार्य सकेर त्यो पिण्ड गाईलाई खान दिएर ब्राम्हणहरुलाई भोजन र दक्षिणा दिई रातभर केशव भगवानको नजिकै रहेर रातभर जाग्राम गर्नु।त्यसपछि द्वादशीको दिन नित्यक्रिया सकेर भक्तिपूर्वक हरिको पूजागरि ब्राम्हणहरुलाई भोजन र दक्षिणा दिएर सवै व्रतिहरुले नबोली भोजन गरेर यो इन्दिरा एकादशीको व्रत गर ?त्यसपछि यसको प्रभावले तिम्रा पिता स्वर्ग जानेछन र तिम्रो राज्य पनि अकण्टक रही अन्त्यमा तिमि पनि बैकुण्ठधाम जानेछौ ,भनेको हुनाले ति इन्द्रसेन राजाले पनि नारदको आज्ञा सोहि बमोजिम कार्यगरी आफ्ना पितालाई बैकुण्ठ पठाएर आफ्नु राज्यलाई अकण्टक बनाई अन्त्यमा आफुपनि छोरालाई राज्य दिएर स्वर्ग गए। त्यसैले यस कथालाई “पठनाच्छ्रवणाच्चाsस्य सर्वपापै :प्रमुच्यते ,भुक्तेह निखिलान् भोगान् विश्णुलोके वसेच्चिरम् “/ अर्थात् पढ्नाले ,सुन्नाले मात्रै पनि सो व्यक्ति सारा पापबाट छुट्तछ र यस लोकमा सुखभोग भोगेर अन्त्यमा विष्णुलोकमा चिरकालसम्म बस्न पाउनेछ।

पं-बालमुकुन्द देबकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *