सागर सुबेदी , तुलसीपुर असोज २१
देशभरका स्थानीय तहमा कार्यरत कर्मचारी हरुले बिरोध कार्यक्रम गर्दै गर्दा तुलसीपुर उपमहानगरपालिका का कर्मचारीहरुले पनि उपमहानगरपालिका काृे कार्यालयमा बिरोध कार्यक्रम गरेका छन । बिहान कार्यालय समयमा कार्यालय आएका कर्मचारीहरु ले केन्द्रिय तहको संघर्ष समिति को सर्कुलर अनुसार बिरोध कार्यक्रम गरेको भन्दै कार्यालय समयमा हाजिर लगाइ पेन डाउन कार्यक्रम घोषणा गरे । कुनैपनि पूर्व सूचना तथा पत्रकार सम्मेलन बिना नै पेन डाउन कार्यक्रम गर्दा नगरबासी सेवाग्राहीले भने साास्ती भोग्नु परेको छ । पालिका तहका सम्पूर्ण कर्मचारी सहित विभिन्न शाखा उपशाखा तथा वडा कार्यालयका कर्मचारी हरुले एकाएक पेन डाउन कार्यक्रम गर्दा कार्यालय बाट हुने नियमित कार्यहरु सन्चालन मै होलान सोँचेर कार्यालयमा आएका सेवाग्राहीले सास्ती भोग्नु परेको हो ।
यस्तै तुलसीपुर उपमहानगरपालिका भित्र बसोबास गर्दे आएका अपाङ्गता भएका व्यक्तिहरुले आज नै उपमहानगरपालिकाको कार्यालयका प्रमुख प्रशासकिय अधिकृत , महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख लगायत मेयर , उपमेयर लाइ ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको मा विभिन्न वडा बाट समस्या सँग लड्दै पालिका सम्म उपस्थित भएका अपाङ्गता भएका व्यक्तिहरुले पनि पूर्व सूचना बिना यसरी कर्मचारीहरुले पेनडाउन कार्यक्रम गर्दा आफुहरुले झनै समस्या थेक्नु परेको बताएका थिए ।
कर्मचारीको तर्फबाट बिरोध कार्यक्रम का संयोजक बाबुराम न्यौपाने ले आज केन्द्रिय संघर्ष समिति को सर्कुलरमा कार्यक्रम गर्नु परेकोले पूर्व सूचना दिन नसकिएकोमा आफुहरुले माफी चाहाने र अब केहि दिन सम्म अनिश्चित कालको लागी पेन डाउन कार्यक्रम तथा अन्य बिरोध कार्यक्रम रहेको बताएका हुन ।
उनीहरूका
सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने,
प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने
, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने
स्थानीय तह कर्मचारीका सवाल वृद्धि विकास, अन्तरप्रदेश सरुवा, बढुवा
स्थानीय तहका कर्मचारीलाई निजामतिको परिभाषाभित्र समेट्नुपर्ने,
सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनैपनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने,
अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग छन् ।