अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

सल्यानको मुलपानी नजिकै यात्रुबहाक बस दुर्घटना, दुई जनाको मृत्यु

असाेज २०, सल्यान ।

 

सल्यानमा शनिबार दिउँसाे भएकाे बस दुर्घटनामा परि २ जना महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा सल्यान त्रिबेणी गाउँपालिका ६ निवासी ४४ वर्षीया अनिता बोहरा र दाङ तुलसीपुर ६ निवासी ३२ वर्षीया सुनिता सुनार रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकाेट गाउँपालिका ३ मुलपानी स्थित राप्ती राजमार्गमा दुर्घटनामा परेको हो ।दुर्घटनामा परि २१ जना घाइते भएकाे र त्यसमध्ये ६ जना बढी गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । गम्भीर घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका ४ निवसी ३५ वर्षका कमान सिंह, त्रिवेणी गाउँपालिका ६ निवासी २७ वर्षीया माया राना र ठेगाना नखुलेका ३५ वर्षीय बिनोद श्रेष्ठ रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर गाेपाल श्रेष्ठले जानकारी दिए ।यसैगरी अन्य घाइते हुनेमा शारदा नगरपालिका १० निवासी चालक २६ वर्षीय मेघराज कुँवर, त्रिबेणी गाउँपालिका ६ निवासी ६० वर्षीय प्रेम बहादुर बुढा र ४५ वर्षीया पुष्पा बुढा रहेका छन् । घाईते लाई उद्दार गरी उपचारको लागी तुल्सीपुर दाङ तर्फ पठाएको प्रहरीले जनाएकाे छ ।

 

 

 

गाडी सडकबाट करिब ६० मिटल तल खसेकाे छ । अगाडीकाे अर्काे गाडीलाई ओभरट्याक गर्ने क्रममा सडक छेउमा टायर चिप्लिएर बस पल्टिएको यात्रुहरुले बताएका छन् । बस सडकबाट खस्न बित्तिकै एउटा रुखमा ठाेक्किएकाे र त्यसपछि भिरालाे जमिनमा पल्टिदै तल पुगेकाे यात्रुहरुकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *