
टोपेन्द्र के सी , दाङ , असोज १८
देव खनालको कप्तानीमा नेपालले मलेसियामा हुने एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेटका लागि बुधबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । यू-१९ प्रिमियर कप अक्टोबर १२ देखि २४ सम्म आयोजना हुनेछ ।देवसहित घोषित नेपाली टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा ‘ए’, दीपक बोहरा ‘बी’, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा रहेका छन् ।

त्यस्तै वैकल्पिकमा प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव छन् । जगत टमाटाको प्रशिक्षणमा २४ सदस्यीय नेपाली टोलीले तीन साता अघि देखि प्रिमियर कपका लागि प्रशिक्षण गर्दै आएको छ ।

नेपालले फेब्रुअरीमा यूएईमा भएको आईसीसी यू-१९ विश्वकप छनोट जित्दै विश्वकपमा पुगेको थियो । सो टोलीका सबै १४ खेलाडीलाई मलेसियामा हुने प्रिमियर कप खेल्न जाने टोलीमा यथावत राखिएको छ ।