
नेपाली बजारमा एक सातासम्म लगातार ओरालो लागेको सुनको मूल्य आज भने उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको हो।
यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। यसअघि सुनको भाउ लगातार ७ दिनमा ५ हजार २०० रुपैयाँले घटेको थियो।

मंगलबार भने छापावाल सुन १ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो।

यता, आज बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको छ।