अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

शेयर बजार दोहोरो अंकले घट्यो, एक अर्ब १९ करोडमा समेटियो कारोबार

शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.५६ अंकले तल झरेको हो । ०.८८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५८.७२ अंकमा ओर्लिएको छ । आज २८१ कम्पनीका ३९ लाख ६५ हजार ९ सय १७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १९ करोड ९१ लख १ हजार ३ सय २४.८१ रुपियाँ बराबरको कारोबार भएको हो । बजार घटेको दिन समता घरेलु लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ७.९१ प्रतिशतले नाफा कमाए भने सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.५४ प्रतिशतले घाटा ब्यहोरे । ५६ कम्पनीको शेयर बढ्दा बाँकीको घट्यो । आज सिटिजन लाइफ इन्स्योेरेन्सको उच्च कारोबार भयो । उक्त कम्पनीको ५ करोड ५९ लाख ७० हजार ६ सय ५२ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । साताको पहिलो दिन आइतबार ३३.२० अंकले बजार घट्दा १ अर्ब ८३ करोड ४ लाख ८३ हजार ७ सय ४३.११ रुपियाँ र हिजो सोमबार ५.१९ अंकले बजार बढ्दा १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२.३२ रुपियाँ  बराबरको कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *