सरकारले पुरानै मूल्यमा पेट्रोलियम पदार्थको बिक्री गर्न भनेपछि नेपाल आयल निगमले मूल्य फिर्ता गरेको छ । निगमले शनिबार रातीदेखि लागू हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको हो ।‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता भएको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।