अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

छैठो दिगो विकास लक्ष्य सम्मेलन सम्पन्न

काठमाडौ, असोज १२ | युथ एड्भोकेसी नेपालको आयोजना तथा गैर सहकारी महासंघ नेपालको सहकार्य तथा भि.एस.वको सहकार्यमा काठमाडौको युनियन हाउसमा छैठो दिगो विकासका लक्ष्य सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेसको सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय बद्रीप्रसाद पाण्डे तथा नेकपा एमालेको नेतृ तथा प्रतिनिधि सभा सदस्य माननीय सुनिता वरालको विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।

दिगो विकासबारे प्रमुख अतिथी बद्रीप्रसाद पाण्डेले दिगो विकासको मध्यावधि मूल्यांन गर्नु पर्ने औँल्याए । उनले भने, ‘यसको मध्यावधि मूल्यांकन गर्नुपर्छ। समस्यामा एकाकार हुनुपर्छ। समस्या समाधान लागि एकीकृत भएर अघि बढ्नुपर्छ।’

उनले गाउँमा युवाहरूको कमी भएको प्रति चिन्ता व्यक्त गरे । प्रमुख अतिथि पाण्डेले दिगो विकासले युवाहरूको विषय समेत समेट्नु पर्नेमा जोड दिए। उनले विकसित देशका कारण जलवायु परिवर्तनका कारण अविकसित मुलुकहरूले मार खेपिरहेकाले उनीहरूले प्रकृतिको दोहन गरे बापत नेपाल लगायतका मुलुकले न्याय पाउनु पर्नेमा जोड दिए।

त्यसै गरी एमाले सांसद सुनिता बरालले दिगो विकासका लक्ष्य बारे संसद र सरकारलाई सन्देश पुर्‍याउने प्रतिबद्धता गरेकी छन् । उनले भनिन्,तपाईँहरूले दिगो विकासका क्षेत्रमा गरेका काम र उपलब्धिबारे हामीलाई विवरण दिनुहोला । त्यसबारे हामी सदन र सरकारलाई जानकारी दिने छौँ ।’

यूथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले सरकारले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय जगत्मा आफ्नो प्रतिनिधित्व गरिरहेको तर त्यसको उपलब्धिबारे मुलुकमा समीक्षा नभएको टिप्पणी गरे। उनले दिगो विकास लक्ष्यलाई उपलब्धि हासिल गर्न सञ्चार जगत, राजनीतिक दल र नागरिक समाजको सहकार्य अनिवार्य भएको बताए ।

दिगो विकाससम्बन्धी विभिन्न १७ वटा लक्ष्यलाई हासिल गर्नुपर्ने भन्दै सन् २०१५ देखि २०३० सम्मका लागि सुरु भएको थियो। तर, नेपालमा सन्तोषजनक अवस्था नभएको भन्दै सरोकारवाला निकायहरूले चिन्ता व्यक्त गरेका हुन्।

उक्त कार्यक्रममा बोल्दै सुवेदीले दिगो विकासका लक्ष्यहरू पाँच वटा आधार स्तम्भ मानव, पृथ्वी, समृद्धि, शान्ति र साझेदारीमा आधारित भए पनि नारामा मात्रै सीमित भएको टिप्पणी गरे । उनले भने, ‘दिगो विकास लक्ष्यका उपलब्धीहरू पूरा गर्न सात वर्ष मात्रै बाँकी छ। अन्तर्राष्ट्रिय जगतमा नेपालले उपलब्धि गरेको विषयले चर्चा पाइरहेको छ। तर दिगो विकासको कुरा सिंहदरबार र पाँचतारे होटल भन्दा बाहिर जान सकिरहेको छैन ।’ उनले तीन तहका सरकार मध्ये प्रदेश र स्थानीय तहमा उक्त मुद्दाहरू समेट्न नसकिएको बताए। दिगो विकास लक्ष्यका अवधारणाहरूलाई पूरा गर्ने समय सीमा सात वर्ष मात्रै बाँकी रहँदा सरोकारवाला निकायहरूले त्यसको उपलब्धि हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सरोकारवाला पक्षले दिगो विकासका विषयमा २०१७ र २०२०मा समीक्षा भएको भए पनि त्यस यता समीक्षा हुन नसकेको गुनासो गरेका छन् ।

दिगो विकास लक्ष्य सम्बन्धी छैटौँ सम्मेलनपछि यूथ एड्भोकेसी नेपाल, गैरसरकारी संस्थाले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रम सम्पन्न गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *