अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

पश्चिम दाङमा बन्ने पुल निर्माणको प्रक्रिया अघि बढ्यो, पातेटाकुरामा स्वाइल टेष्ट

 

पश्चिम दाङ जोड्न सडक खण्डबीचमा बजेट परेका पुल निर्माण कार्यको प्रक्रिया अघि बढेको छ । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले चालु बर्ष २०८०/०८१ कालागि पश्चिमका बिभिन्न ९ वटा खोलामा पुल निर्माणकालागि बजेट बिनियोजन गरेका छन् । सोही अन्तर्गत गहतेखोला-हापुरे सडक खण्ड अन्तर्गत पातेटाकुरा खोलामा ‘स्वाइल टेष्ट’ गर्ने काम भइरहेको छ ।

 

सडक पूर्वाधार विकास कार्यालय दाङले उक्त खोलामा स्वाइल टेष्ट गरेको हो । एकातर्फको स्वाइल टेष्ट गर्ने काम भइसकेको र बाँकी अर्को तर्फको पनि स्वाइल टेष्ट गर्ने काम अघि बढेको छ । स्वाइल टेष्ट गर्ने जिम्मा पाएको अग्नी बोरिङ स्वायल टेष्टका प्रतिनिधि कमल दाहालका अनुसार अबको दुई दिनमा उक्त खोलामा स्वाइल टेष्ट भइसक्छ । त्यसपछि बबई गाउँपालिकामा पर्ने ट्वाङखोलामा स्वाइल टेष्ट हुने उनले बताए ।

यी दुबै खोलामा सर्वे पनि भइसकेका छ । पश्चिम दाङका बिभिन्न खोलामा ९ वटा पुलकालागि बजेट परेको छ । अन्य खोलामा पानीको वहाव कम हुने वित्तिकै सर्वे हुने इञ्जिनियर शुसिल अधिकारीले बताए । उनका अनुसार दशै तिहारको समयमा अन्य खोलामा पनि सर्वे र स्वाइल टेष्ट हुन्छ ।‘ अर्थ मन्त्रीज्यूले जति सक्यो छिटो काम अघि बढाउने भन्नु भएको छ’, इन्जिनियर अधिकारीले भने‘सोही अनुसार हामीले काम गरिरहेका छौं ।’

 

मन्त्री मास्कीले रिम खोलीमा बेलीवृज पुलकालागि ५० लाख, तिनतलेमा बेलिबृज पुल निर्माणकालागि ५० लाख भांगावारीमा बेलिबृजकालागि ५० लाख बजेट छुट्याएको मन्त्री मास्कीले बताए । त्यस्तै तुलसीपुर देखि हापुर जोड्ने सडक अन्तर्गत पर्ने तुलसीपुर १ भमके खोलमा पुल निर्माणकालागि १ करोड, शान्तिनगर ३ पातेटाकुरा खोलामा पुल निर्माणकालागि ७५ लाख, बौलाखोला माथिल्लो बाटोमा पक्कीपुल निर्माणकालागि १ करोड, बबई गाउँपालिका अन्तर्गत राजीखरे खोलामा पुल निर्माणकालागि ७५ लाख बजेट परेको छ । त्यस्तै ट्वाङखोलामा डिपीआरसहित पक्की पुल निर्माणकालागि १ करोड ५० लाख,पुरन्धारा हुँदै मलै जाने सडकको बबई नदीमा पुल निर्माणकालागि डीपीआर गर्न १५ लाख तथा बकरीया सरुवाडाँडा गोल्टाकुरी कालितारा सडकमा पुल निर्माणकालागि १ करोड २५ लाख बजेट परेको अर्थमन्त्री मास्कीले बताए ।

 

यी खोलामा पुल नहुँदा बर्षादको समयमा आवतजावतमा निकै समस्या हुने गरेको थियो । खोलामा पानीको बहाब बढ्दा आवतजावतमा समस्या हुने गरेको थियो भने सवारी नै बगाउनेसम्मका समस्या नागरिकले भोग्दै आएका थिए । तर, अब ति खोलामा पुल बनेपछि ति समस्या हटेर जाने नागरिकले अपेक्षा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *