अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

राप्ती समाज अमेरिकाका अध्यक्षमा : सुरेश हमाल 

दिपक कुमाल सेप्टेम्वर १८

हरितालिकाको अवसर पारेर नेपालको राप्ती क्षेत्रवाट अमेरिकामा रहेका नेपालीहरुले ‘राप्ती समाज अमेरिका’को स्थापना गरेका छन् । स्यानफ्रान्सिस्को बे एरियामा सामाजिक क्षेत्रमा कृयाशील रहेका सुरेश हमालको अध्यक्षतामा हिजो आइतवार एक विशेष कार्यक्रमको वीच सो संस्था स्थापनाको घोषणा गरिएको हो । बे एरियामा रहेका प्रबुद्ध वर्गको आतिथ्यतामा सो संस्थाको उद्घाटन गरिएको थियो ।

कार्यक्रमका बक्ताहरुले राप्ती समाज अमेरिका स्थापनाको अवसरमा बधाइ ज्ञापन गर्दै सफलताको शुभकामना दिएका थिए ।

समाजका अध्यक्ष हमालले राप्ती क्षेत्रवाट अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली र आफन्तजनवीच भावनात्मक एकता, सद्भाव एवं पारस्पारिक सहयोग आदानप्रदानको लागि समाजको स्थापना गरिएको बताए । समाजका छरिएर रहेका आफन्तजनलाई एकतावद्ध बनाउने र एक आपसमा आइपर्ने समस्या समाधानमा समाज कृयाशील रहने उनले बताए ।

 

‘हामी राप्ती क्षेत्रमा आवद्ध रहेका हरु एक न एक प्रकारले नाता कुटुम्वमा पनि जोडिएका छौ, यसकारण पbनि संस्थागत रुपमा नै एकतावद्ध हौ भन्ने दीर्घकालीन सोचका साथ राप्ती समाज अमेरिकाको स्थापना गरेका हौ, यसको उदेश्य विशुद्ध सामाजिक सेवा र परोपकार हो’, अध्यक्ष हमालले दुरवीनसंगको कुराकानीमा बताए । उनले संस्था विशुद्ध रुपमा सामाजिक रहेको र कुनैपनि राजनीतिक अवरणभन्दा माथी रहेको जिकीर गरे ।

 

उनका अनुसार अमेरिकाका अन्य राज्यहरुमा रहेका राप्ती क्षेत्रका मानिसहरुलाई पनि संस्थामा क्रमश संलग्न गराउदै लगिने छ ।

आइतवार घोषणा गरिएको कार्यसमितिको अध्यक्षमा सुरेश हमाल दाङ , उपाध्यक्षमा बिनोद पुन (रुकुम), उपाध्यक्षमा गोबिन्द चलाउने (सल्यान )महासचिवमा कृष्ण बुढाथोकी (सल्यान), सचिवमा दिपक रोका (दाङ), सह सचिबमा महेन्द्र घर्ती (रोल्पा), कोषाध्यक्षमा नर बहादुर कुसारी (रुकुम), सह कोषाध्यक्षमा बिष्णु बन्जाडे (दाड) छन भने प्रबक्तामा भरत कुमार वली ( दाङ )लाई तोकिएको छ ।कार्य समितिका सदस्यहरुमा कर्ण बहदुर वली, रमेश वली, शिवराज भुषाल, डम्बर बहादुर के सी, दिपेश घिताल र सन्तोष भण्डारी रहेका छन् । कार्यसमितिले बल बहादुर केसी (दाङ),कपिल डॉगी (दाङ), बिर बहादुर बुढाथोकी (दाङ), मनराज देवकोटा (रुकुम), बासु क्षेत्र (दाङ) र थलविर वली (रुकुम ) रहेको सल्लाहकार समिति पनि चयन गरेको छ । राप्ती अंचलवाट अमेरिका आई बसोवास गर्नेहरुको संख्या २० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।आइतवार हरितालिका तीजको अवसरमा नाचगान र शुभकामना आदानप्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *