अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

मोरङ जिल्लाको जहदा गाउँपालिकामा गउँपालिका स्तरीय हाजरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ ।

संवाद फाउनडेशन मोरङ को आयोजनामा ५९ औं राष्ट्रिय वाल दिवसको अवसरमा जहदा गाउँपालिका को सभाहल मा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यार्थीहरुको क्षमता अभिवृद्धि, ज्ञान सुधार, प्रतिष्पर्धी बनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगिताका लागि तैयार गर्ने उदेश्यले यस हाजरी जवाफ प्रतियोगिताको आयोजना गरिएको संवाद फाउनडेशन मोरङ संयोजक अभय मगरले बताए ।

प्रमुख अतिथी जहदा गाउँपालीकाका अध्यक्ष जितेन्द्र प्रसाद साह का अनुसार गा.पा. भित्र रहेका सम्पुर्ण बिद्यार्थीका चौर्तफी बिकासका लागि यस्ता खाले कार्यक्रमको आयोजना गर्न अती आवश्यक रहेको बताए । साथै गा.पा. भित्र रहेका सम्पुर्ण स्कुलका शिक्षक तथा शिक्षिकाहरुलाई समयमा बिद्यालय आउँन आग्रह समेत गरेका थिए ।

प्रतियोगितामा जहदा गाउँपालिका भरीमा रहेका श्री दुर्गा माध्यमिक विद्यालय जहदा-१,
श्री बैरीया माध्यमिक विद्यालय जहदा-२, जनता माध्यमिक विद्यालय जहदा-२, श्री लक्ष्मी माध्यमिक विद्यालय जहदा ३ श्री सार्वजनिक माध्यमिक विद्यालय जहदा ४ श्रि दुर्गा माध्यमिक विद्यालय जहदा-५, श्रि जनता माध्यमिक विद्यालय जहदा-६ र श्री महेन्द्र माध्यमिक विद्यालय जहदा-७ गरी जम्म ८ वटा स्कुलका बिद्यार्थी सहभागीता रहेको थियो ।

प्रतियोगितामा सहभागी स्कुलहरु मध्ये श्री दुर्गा माध्यमिक विद्यालय जहदा-५ ले प्रथम ,श्री महेन्द्र माध्यमिक विद्यालय जहदा ७ दितीय, श्री बैरिया माध्यमिक विद्यालय जहदा-२ ले तृतय स्थान हासिल गरेका थिए ।

प्रतियोगीतामा सहभागी विद्यार्थीका लागि पुरस्कार सहित मेडल र ट्रर्फीको ब्यवस्ता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साह , बिशिष्ठ अतिथी जहदा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष हन्ना सोरेन, बिभिन्न स्कुलका स्कुल प्रतिनिधिहरु लगायत बिद्यार्थी र स्थानियहरुको ब्यापक उपस्थिती रहेको थियो ।

कार्यक्रम संवाद फाउनडेशन मोरङ संयोजक अभय मगर को अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *