अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

नवयुग वडा बालक्लबद्वारा हाजिरि जवाफ प्रतियोगिता सम्पन्न

बिर्तामोड नगरपालिका वडा न.७मा संचालित वडा स्तरीय बालक्लबले ५९औं राष्ट्रिय बालदिवसका अवसरमा बिर्तामोड ८ स्थित गरामनि बजारको हलमा अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा बिर्तामोड नगरपालिका वडा न.७/८/९ का सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु समिटिएका थिए भने बिर्तामोड ७को बेल्स मोडल विद्यालयले प्रथम स्थान हासिल गरेको छ ,त्यस्तै बिर्तमोड ८को लालीगुराँस इङलिस विद्यालय दोश्रो र बिर्तामोड-७कै कन्चन माध्यमिक विद्यालय तृतिय हुन सफल भएको छ।
कार्यक्रम क्लबकि अध्यक्ष अनिशा रिजालको अध्यक्षता साथै वडा न.७ वडा अध्यक्ष अविरल कृष्ण खरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो भने कार्यक्रममा बोल्दै वडा अध्यक्षले बालबालिकामा लगानी गर्न स्थानीय निकाय सदैव तत्पर रहेको र आगामी दिनमा बालमैत्री वडा घोषणाका निम्ति धेरै योजनाहरु बनाइसकेको र यसैगरि त्यस योजनालाई कार्यन्वयन गर्दै जाने कुरा गरेका छन् !कार्यक्रममा बालबालिका शिक्षा सन्चार मंच सम्योजक सरोज पौडेल,सन्चारकर्मि अच्युत सुबेदि समेतको उपस्थिति रहेको थियो । स्थानीय सन्चरकर्मि हरि बरालको सहजीकरणमा सम्पन्न कार्यक्रम क्लबका सचिव साथै झापा जिल्ला बाल संजाल,सदस्य बिर्तामोड नगर प्रतिनिधि सौगत घिमिरेले कार्यक्रम सम्योजन साथै सन्चालन गरेका थिए!
कार्यक्रममा स्वागत मन्तव्य क्लबका सदस्य आयुष खरेलले गरेका थिए भने कार्यक्रमको औचित्यमाथी प्रकाश क्लबकि उपाध्यक्ष सुबानि प्रसाइले गरेकि थिइन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *