सुरक्षित जन्म, खोपसँगै, राम्रो औषधी उपचार उपयुक्त खान, वस्नसँगै, शिक्षा र स्याहार यस्तै गरी पाउनुपर्ने, ‘धेरै छन् अधिकार सबैले बुझ्नुस है – ‘यो हो हाम्रो बोल अधिकार ।।
धेरै छन्, व्यवस्था, महासंघ संविधानको धारामा तर आन्दोलित छन् सडकमा, अझै अनेकौ नारामा कहिले बलत्कार कहिले, बालश्रम अन्त्य गरौं यसरी कहिलेसम्म चल्छ, आओ सबै लागी परौं ।।
पहिलेको तुलनामा भएकोछ, धेरै मात्रमा सुधार स- धन्यवाद छ सबै बाल, संस्था एवं नेपाल सरकार सबैले भन्छन बाल, बालिका हो देशको कर्णधार त्यहि बालबालिका भएको छ, अहिले दुर्व्यवसणको सिकार |
धनीको बालबालिका छन्, अमेरीका देखि जापानमा गरीबको बालबच्चा भने, छन् भाडा माज्न र सडकमा उताहरूलाई पनि व्यवस्थापन, गर्नुस नराख्नु अन्धकारमा नीतिमा हैन सरकार, गर्नुस परिवर्तन व्यवहारमा।।
भनियो बाल शिक्षा, तर खोइ परिवर्तन देखन छैन हामीले बाल विवाह, र शोषणलाई रोक्न प्रमाण बोल्छ यो दिनमा, नदिनु अपराधीलाई भाग्न लागि पर्नुपछ सबै, यस्ता गतिविधी रोक्न
अन्तराष्ट्रले मनाउने भएर, हामी छौं मान्न विभस् पिटा गुम्साएर हाँसे गरी, मनाउँछौ हामी बाल दिवस यस्तो नै नागरीकता, बनाई गएको छ परदेश १५ मा भइरहेको छ, हाम्रो वर्तमान वाल परिवेश ।।