अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

अजा एकादशी व्रतको धार्मिक महत्व – पण्डित बालमुकुन्द देवकोटा

मिति २०८० साल भाद्र २४ गते आइतबार भाद्रकृष्णपक्ष अजा एकादशी तिथी राती १० / ३६ बजेसम्म र त्यस उप्रान्त द्वादशी तिथि आरम्भ भएकोले
अजा नाम्निती विख्याता सर्वपापप्रणाशिनी।”अर्थात् भदौको कृष्णपक्षमा अजा नामले प्रसिद्ध एकादशी पर्दछ ,यो एकादशीले व्रत बस्नेको सारा पापहरु नाश पारिदिनु हुन्छ।यो दिन “पूजयित्वा हृषीकेशं व्रतं तस्या :करोतिय ,पापानि तस्य नश्यन्ति व्रतस्य श्रवणादपि। “अर्थात् जुन जनले हृषीकेश भगवानलाई पूजा गरेर त्यस दिन एकादशीको व्रत गर्दछ र व्रतको कथा पनि सुन्दछ भने त्यस व्रत बस्नेको सारा पापहरु नाश हुन्छन्। यो व्रत राजा हरिश्चन्द्रले कुनै जन्मको संचित पापलेगर्दा राज्यबाट हटेर ,आफ्नु धर्मपत्नी ,छोरो र आफैंलाई पनि बिक्रि गरे ,त्यसपछि चाण्डालको दास भएर मुर्दाहरु पोल्ने र उनीहरुको लुगा फाटाहरु बटुलेर करको रुपमा लिने गर्दथे।तर जस्तै अप्ठ्यारो परिस्थिति आई लागे पनि उनी सत्यबाट विचलित भएनन।कति पटक राजा चिंताको समुद्रमा डुबेर मनमा तर्कना गर्दथे- म कहाँ जाऊँ, के गरौ, जसबाट मेरो उद्धार होस।यसरी राजाका धेरै वर्ष बिते। ।त्यो पापहरु पखाल्नको निम्ति गौतम ऋषिको आज्ञाले “तस्या :कुरू व्रतं राजन् पापनाशो भविष्यति ,तव भाग्यवशादेषा सप्तमेsन्हि समगता।उपवासपरो भूत्वा रात्रौ जागरणं कुरू ,एवं तस्या व्रते चिर्णे सर्वपापक्षयो भवेत्। “अर्थात् हे राजन् !त्यस अजा एकादशीको व्रत गरत तिम्रो पापको नाश हुनेछ। तिम्रो भाग्यले यो एकादशी आजको सातै दिनमा आइरहेको छ। अहोरात्रै उपवास रहेर रातभरि जाग्राम गर्नु ,यस्ता प्रकारले त्यस व्रत गर्यौभने सारा पाप नाश हुनेछ। भनेको हुनाले राजा हरिश्चन्द्रले उहाँले बताए अनुसार यो अजा एकादशीको व्रत गरेको हुनाले उनको यो व्रतको प्रभावले सारा दु:खहरु हटेर गए। त्यसपछि स्वर्गमा बाजा बज्न थाले र पुष्पको वर्षा हुन थाल्यो।उनले आफ्ना मृतक पुत्रलाई जीवित र आफ्नी स्त्रीलाई वस्त्र तथा आभूषणद्वारा सुसज्जित देखे। त्यसपछि पत्नीको साथ भेट भएर ,छोरोलाई समेत फेरि उनले बचाए।व्रतको प्रभावले राजालाई पुन: राज्य प्राप्ति भयो।अन्त्यमा आफ्नु पुरबासी सवैलाई लिएर वैकुण्ठ गए। त्यसैले यो व्रत हामीहरुले पनि गरेमा आफुले गरेको पूर्वजन्मको र यो जन्मको सारा पापहरु पखालिएर जान्छन। त्यसपछी गुमेको बस्तु समेत फेलापर्ने र यस जन्ममा सुख ,सम्पत्ति प्राप्त गरेर अन्त्यमा भगवानको वैकुण्ठधाम प्राप्त हुन्छ। यो एकादशीको महात्म्य पढ्नाले र सुन्नाले मात्रै पनि अश्वमेध यज्ञ गरेको फल प्राप्त हुनेछ।
पं-बालमुकुन्द देबकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *