अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

सबै खाेलामा पुल माग्नु भएकाे थियाे, मैले बजेट हाल्दिए : मन्त्री मास्कि 

तुलसीपुर , १६ भदाै ।

लुम्बिनी प्रदेशका अर्थ मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले पश्चिम दाङलाई समृद्ध दाङ बनाउने बताए ।

 

अहिले अल्प बिकसित भएर सबैले दाङकाे कर्णाली भन्ने गरेकाे भन्दै अब पशि्चम दाङलाई समृद्ध दाङ नामले चिनिने बनाउने बताए । जनतासंग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत शान्तिनगर गाउँपालिका वडा नं. ३ मा भएकाे कार्यक्रममा सहभागी जनाउँदै मन्त्री मास्कीले यस्ताे बताए ।

आफू चुनाबकाे बेला घर घर जाँदा जनताले पश्चिम दाङ पुग्ने सबै खाेलामा पुल माग गरेकाले यस पटक सबै खाेलामा पुल हालिदिएकाे समेत बताए ।

साथै गंगटे पुग्ने सडकदेखि गाउँ-गाउँमा बिकासका लागि बजेट आएकाे उनकाे भनाई थियाे ।

 

उनले पश्चिम दाङकाे माथिल्लाे सडक स्तराेन्नतीका लागि ४३ कराेड बजेट आएकाे भन्दै तत्काल सडक स्तरबृद्विकाे काम अघि बढ्ने बताए । पश्चिम दाङमा इतिहासमै पहिलाे पटक धेरै बजेट आएकाे समेत बताए । माओवादीले काम गर्ने तर, प्रचार नगर्ने भएकाले पनि पछि परेकाे बताए ।` माओवादीले बिकासका काम गर्छ´, उनले भने ` तर, अर्कैले प्रचार गरिदिन्छ ।´ माओवादीकै कारण मुलुक समृद्धिकाे मार्गमा अघि बढेकाे कुरा जनतालाई बुझाउन याे अभियानले थालिएकाे उनकाे भनाई छ । अहिले भ्रष्टाचार बिरूद्व माओवादीले अभियान थालेकाे भन्दै त्यसलाई जनताले साथ दिनु पर्ने बताए । जनताले साथ दिए मात्रै याे अभियानले सफलता दिने भन्दै यसमा साथ दिनु पर्ने बताए ।

पार्टीका वडाध्यक्ष बिरबहादुर बिककाे आयाेजनामा भएकाे कार्यक्रममा पाटीका पालिका संयाेजक हिरा सुनारलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमकाे सहजीकरण देवराज मल्लले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *