अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

गिद्ध संरक्षणमा प्रदेश सरकार गम्भीर छ ः मन्त्री मास्की 

देउखुरी,११ भदौ ।

लुम्बिनी प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीले गिद्ध संरक्षणमा प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ । गिद्ध संरक्षण अभियान दाङको आयोजनामा सोमबार भालुवाङमा भएको लोपन्मुख अबस्थामा रहेको गिद्ध संरक्षणकालागि लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभयो । मन्त्री मास्कीले गिद्ध संरक्षणसंगै लोपन्मुख प्रजातिका मौवा, सतिसाल, विजयसाललगायतकालागि ३ करोड २८ लाख बजेट विनियोजन गरेको बताउनुभयो । सरकारी स्तरबाट लुम्बिनी प्रदेश सरकारले नै यसरी बजेट बिनियोजन गरेको हो । यस अघि सरकारी स्तरबाट गिद्ध तथा लोपन्मुख बनस्पति संरक्षणकालागि बजेट बिनियोजन नभएको उहाँले बताउनुभयो ।“यस अघि सरकारी स्तरबाट गिद्ध तथा अन्य लोपन्मुख बनस्पति संरक्षणकालागि बजेट विनियोजन भएको थिएन”,उहाँले भन्नुभयो“तर, हामीले विनियोजन गरेका छौं ।”

गिद्धलाई प्रकृतिको कुचिकारका रुपमा रहेको भन्दै गिद्धले नै मानवलाई लाग्ने हैजा, झाडापखालालगायतका रोगको महामारीबाट जोगाएको समेत बताउनुभयो ।

त्यस अवसरमा गिद्ध संरक्षण अभियान सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतले लुम्बिनीमा दाङ र लालमटियामा गिद्ध रेष्टुरेन्ट रहेको बताउनुभयो । साथै दाङमा नेपालमै एक मात्रै गिद्ध उपचार केन्द्र रहेको बताउनुभयो । नेपालभर हाल ७ वटा गिद्ध रेष्टुरेन्टहरु छन् ।

हाल पशुमा दिइने डाइक्लोफेनेक औषधीकै कारण गिद्ध हराउने अबस्थामा रहेको उहाँको भनाई थियो । साथै प्राकृतिक बासस्थान, आहारमा ह्रास र मानवनिर्मित विद्युतिय तारबारजस्ता कारणले पनि लोप हुने अबस्थामा रहेको बताउनुभयो ।

त्यस अवसरमा बन मन्त्रालयका अधिकृत धनश्वर न्यौपानेले अग्ला रुखहरुलाई संरक्षण गर्ने, सुरक्षित आहाराको ब्यबस्थापन गर्ने कार्य भइरहेको छ ।

त्यस्तै कार्यक्रममा नेपाल पंक्षी संरक्षण संघका कार्यक्रम अधिकृत भुपाल नेपालीले सरोकारवाल, तीनै तहका सरकार, संरक्षित क्षेत्र, डिभिजन बन कार्यालय, पशु विज्ञ केन्द्र र संरक्षणमा आधारमा सबै गैरसरकारी संघसंस्थाहरुको सहकार्यको खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा १२ वटै जिल्लाबाट सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *