अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

एमसिसी कार्यान्वयन विरुद्धको डिजिटल प्रचारमा प्रशासनको रोक!

भदौ ७ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले तुलसीपुरमा एमसिसी सम्झौता कार्यान्वयनका विरुद्ध डिजिटल प्रचार गरेको छ ।

नेकपाले एमसिसी सम्झौता कार्यान्वयनका विरुद्ध जनतामा जागरण पैदा गर्ने उद्देश्यले तुलसीपुरको बिरेन्द्र चोकमा रहेको डिजिटल बोर्डमा राष्ट्रघाती एमसिसी सम्झौता खारेज गरौं लेखिएको पोस्टर प्रचार गरेको हो ।

यता नेकपाको डिजिटल प्रचारलाइ समेत प्रहरी प्रशासनले रोक लगाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले खोजम एडभर्टाइजिङ एण्ड म्यानेजमेन्ट प्रालीका सञ्चालकलाई प्रहरी कार्यालयमा बोलाएर प्रचार हटाउन निर्देशन दिएका हुन् ।

सिडियोको आदेश हो भन्दै इप्रका तुलसीपुरका डिएसपी पुष्पराज मल्लले एमसिसी विरुद्धको जागरण प्रचार हटाउन निर्देशन दिएको सञ्चालक प्रबिन चौधरीले बताएका छन् ।

एमसिसी विरुद्धको जागरण प्रचारलाइ रोक लगाएपछी नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले देश र जनताको निम्ति , राष्ट्रिय स्वाधीनताको आन्दोलनमा प्रशासनले रोक लगाउनु दुर्भाग्य भएको बताएका छन् ।

नेता प्रदिपले भने – ‘हामी राष्ट्रिय स्वाधीनताका निम्ति लडिरहेका छौँ । स्वाधीनताको आन्दोलनमा राज्यको जिम्मेवार निकायले रोक लगाउनु दुर्भाग्य हो । उहाँहरु पनि देशकै निम्ति हो भने देशका निम्ति गरिरहेको संघर्षमा साथ दिनुपर्छ । राज्यको ग्रान्ड डिजाइनमा एमसिसी विरुद्ध आन्दोलन गरिरहेका शक्तिलाइ निस्तेज पार्ने षड्यन्त्र भइरहेको छ।’

नेता प्रदिपले पार्टीले शसुल्क एमसिसी कार्यान्वयन विरुद्ध गरेको डिजिटल प्रचारलाइ प्रशासनले रोक्ने मात्रै नभएर एडभर्टाइजिङ व्यवसाय चलाएका व्यक्तिलाइ समेत व्यवसाय गरेर खाने वातावरणका विरुद्ध जाने कदमप्रती गम्भीर आपत्ती व्यक्त गरेका छन् ।

यस्तै अखिल (क्रान्तिकारी) तुलसीपुर उपमहानगरपालिका अध्यक्ष के.बि सि ले पनि ७० बर्षिय आमा बलात्कृत भएको,११,१२ वर्षीय बालिकाहरूको अस्तित्व लुटिएको,बन्दै गरेको घर जलेको नदेख्ने सरकारी निकायले राष्ट्रघाती सम्झौता खारेज गरौं भन्नेको बोर्ड मात्र देखेको प्रति आक्रोश व्यक्त गरेका छन्

उनले समाजिक संजाल आफ्नो फेसबुकमा डिजिटल बोर्ड को फोटो खिच्दै गरेको नेपाल प्रहरीको फोटो राख्दै लेखेका छन् `कहाँ बन्छ मेरो देश राष्ट्रघाती सम्झौता खारेज गर भनेको यति छिटो देख्छ त्यो निकायले जहाँ ७० बर्ष आमा बलात्कृत भएको,११,१२ वर्षीय बालिकाहरूको अस्तित्व लुटिएको,बन्दै गरेको घर जलेको कहिलै देख्दैन थुक   यो प्र.न ती निर्दोष प्रहरी हरुसंग होईन तर त्यो बर्दीसंग हो! जुन बर्दीमा नेपाल आमाले आश गरेकी छन् ´´

Leave a Reply

Your email address will not be published. Required fields are marked *