यी हुन् माड्साब अर्थात् आशिष खनाल। उनी कार्टुन अर्थात् ब्यङ्ग चित्र बनाउँछन् । गत साल वर्खाको समयमा आशिष खनाल ‘माड्साब’ले आफ्नै गाउँसम्म पुग्ने हिलो बाटोलाई जोडेर स्थानीय प्रतिनिधिलाई व्यङ्ग गर्दै एउटा कार्टुन बनाए । कार्टुन इलामेली भेगमा चर्चित बन्यो । धेरैले आशिषको व्यङ्गलाई मन पराए ।
तर, कार्टुनिस्टको रुपमा भर्खर भर्खर चिनिन थालेका माड्साबले भने कार्टुन बनाएकै कारण आएका धम्की गालिहरूको रुपमा यो घटना सम्झन्छन् ।कार्टुन बनाएपछि जनप्रतिनिधीका शुभचिन्तकहरुबाट दैनिकजसो धम्की खेप्नुपर्यो उनले । तर, यही घटना पश्वात भने उनलाई लाग्यो प्रतिनिधिलाई सजग राख्न कार्टुन चाहिँ गतिलो माध्यम हुनेरहेछ । त्यसपछि कार्टुन मार्फत् वेथिति बिसङ्गतीलाई उनले पोख्न थाले ।उनका व्यङ्ग्य पाठकले रुचाउँदै गए माड्साब कार्टुनिस्टको रुपमा चिनिँदै गए । शिक्षक पछाडि अर्को बलियो पहिचान पनि थपियो – कार्टुनिस्ट ।
कार्टुन मार्फत उनले प्रस्तुत गर्ने शशक्त व्यङ्ग्यको प्रभाव साथीभाई आफन्तसम्म हुँदै विभिन्न सञ्चारमाध्यमसम्म पुग्न थाल्यो । उनी बिना पारिश्रमिक आफ्ना कार्टुनहरू सञ्चारमाध्यममा छपाउन थाले । जति कार्टुन बनाउँदै गए उनको माग बढ्दै गयो । आफूले बनाएको कार्टुन छपाउन उनले विभिन्न पत्रपत्रिका र अनलाइन मिडियालाई अनुरोध गरे तर कसैले पनि उनको कलालाई ठाउँ दिएनन् ।
अहिले समय परिवर्तन भएको छ, उनै माड्साबको कार्टुनलाई आफ्नो सञ्चारमाध्यममा प्रकाशित गर्न भन्दै विभिन्न पत्रपत्रिका र अनलाइन मिडियाले आग्रह गर्ने गर्छन् अनि स्तरीय पारिश्रमिकको पनि प्रस्ताव गर्छन् । उनी अहिले नेपालकै एक लोकप्रिय कार्टुनिष्ट बनेका छन।❤️