विजय क्षेत्री , साउन ४
मोदी गाउँपालिकाको स्थानिय पाठ्यक्रम : हाम्रो मोदि बिमोचन तथा सार्वजनिक भएको छ । गाउँपालिकाले आधारभुत तह(१–८) मा भोलि देखि लागू हुने गरेर आज पुस्तक विमोचन गरेको हो । मोदि गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख झकप्रसाद गौतम संयोजक रहेको १३ सदस्यीय कार्यदलले ४ महिना लगाएर पाठ्यक्रम निर्माण गरेको हो । पाठ्यक्रम कार्यपालिकाबाट स्वीकृत भए संगै आज बिमोचन भएको छ । पुस्तक भोलि देखि सबै आधारभुत बिद्यालयमा लागु हुने गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिईन । स्थानिय पाठ्यक्रमले केन्द्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानिय बिषय वस्तु समेट्ने अध्यक्ष शर्माको भनाई छ ।