अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

यी हुन्, सल्यान दुर्घटनाका १७ घाइतेहरु

दाङ,४ भदौ । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाईस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी ६० बर्षीय कमारो कामी र दार्मा गाउँपालिका २ सल्यानका ३६ बर्षीय ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ ।

दुर्घटनामा परि अन्य १५ जना घाईते भएका छन् । ति मध्ये तीन जनालाई उपचारकालागि कोहलपुर रेफर गरिएको छ रहेको छ । अन्य घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।

लु २ ख ५७३१ नम्बरको यात्रु बहाक हाइस सल्यानको कपुरकोटमा दुर्घटना भएको हो । कपुरकोट गाउँपालिका – ३ आगरखोला नजिकै दिउँसो ३ बजेतिर दुर्घटनामा परेको हो। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । गाडी सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।

घटना विवरणः

१.जि.रुकुम पश्चिम सानिभेरी गा.पा. ११ बस्ने बर्ष अ. ६० को कमारो कामी टाउकोमा र शरीरमा चोट अबस्था सिरीयस ,१६;३५ मा मृत्यु
२.जि.सल्यान दार्मा १ तिन टाकुरा बस्ने बर्ष ३२ को ईन्द्र ब. के.सी.टाउको र दुबै खुट्टामा चोट अबस्था मध्यम ।
३.ऐ.ऐ. २ ठाना गाऊ बस्ने बर्ष ५० को थिर्मु खत्री टाउको र अनुहारमा चोट अबस्था मध्यम ।
४.ऐ.ऐ। बस्ने बर्ष ३६ को ओमपद खत्री टाउको रअनुहारमा चोट अबस्था सीरीयस ऐ.१६;४८ बजे मृत्यु घोषणा ।
५. जि.रुकुम पश्चिम सानिभेरी गा.पा. ११काडागाऊ बस्ने बर्ष २० को भुषाल बि.क. कम्मर र हातमा चोट अबस्था सामान्य ।
६.जि.सल्यान दार्मा गा.पा. २ ठानागाऊ बस्ने बर्ष ५५ को टिकाराम के.सी. अनुहार ढाडमा चोट अबस्था मध्यम ।
७.ऐ.ऐ.बस्ने बर्ष २५ को रमेश के.सी. टाउको र दुबै खुट्टामा चोट अबस्था मधयम ।
८.जि. रुकुम पश्चिम सानी भेरी गा.पा. ११ धनरा बस्ने बर्ष १८ को नबराज वली दुबै खुट्टामा र दाहिने हातमा चोट अबस्था मध्यम ।
९.ऐ.ऐ. बस्ने बर्ष २७ को सन्तोष वली अनुहार र दाहिने हातमा चोट अबस्था मध्यम ।
१०.जि.सल्यान दार्मा गा.पा. १ भदाले खोला बस्ने बर्ष १७ को ललित वली कम्मर र बायाँ खुट्टामा चोट अबस्था सामान्य ।
११.ऐ.ऐ.बस्ने बर्ष १८ को मान ब. के.सी. टाउकोमा चोट अबस्था मध्यम ।
१२.जि.सल्यान सिद्दकुमाख गा.पा. २ ढोरचौर बस्ने बर्ष ३५ कि टिका बस्नेत टाउकोमा चोट अबस्थआ मध्यम ।
१३.जि.सल्यान दार्मा गा.पा. चिनटाकुरा बस्ने बर्ष ४२ कि रिता के.सी. कम्मर र अनुहारमा चोट अबस्था सामान्य ।
१४. जि.रुकुम पश्चिम त्रीबेनी ८ पेउगा बस्ने बर्ष ५२ कि नौमति खड्का अनुहारमा चोट अबस्था मध्यम ।
१५.जि.सल्यान दार्मा गा.पा. १ बस्ने बर्ष ३१ को प्रेम प्रकाश चन्द अनुहारमा चोट अबस्था मध्यम ।
१६.जि. रुकुम फश्चिम सानीभेरी गा.पा. १ बस्ने बर्ष ५० को जय ब. वली अनुहारमा चोट अबस्था मध्यम ।
१७.जि.रुकुम पश्चिम चौरजहारी न.पा.लौरेपानि १४ बस्ने बर्ष ४२ बिमला राना टाउकोमा चोट अबस्था मध्यम ।
नोट;-मृत्यु पुरुष २ ,मध्यम घाईते १२,सामान्य घाईते ३ जसमा महिला ४ जना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *