अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

लुम्बिनीमा आन्तरिक आय ६ अर्ब पुर्याउने लक्ष्य 

दाङ, ३ भदौ ।

लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीलाई बढाउने कसरत गरेको छ । विगत आर्थिक बर्ष भन्दा यस बर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको प्रदेश सरकारका अर्थ विज्ञ सुशान्त बैदिकले बताउनुभयो ।“हामीले यस बर्ष आन्तरिक आम्दानीलाई बढाउने गरी लक्ष्य राखेका छौं”,उहाँले भन्नुभयो“त्यही अनुसार कसरत भइरहेको छ ।”

 

लुम्बिनीमा गएको आर्थिक बर्ष २०७९÷०८० मा २ अर्ब ६० करोड ९५ हजार रुपैँया आम्दानी भएको थियो । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार यो आम्दानी लक्ष्यको ५०.१७ प्रतिशत मात्रै हो । तर, चालु आर्थिक बर्ष २०८०÷०८१ मा आन्तरिक आम्दानी बृद्धि गरेर ६ अर्ब ७३ करोड ५१ लाख पु¥याउने लक्ष्य राखिएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताउनुभयो । उहाँका अनुसार लामो समय नवीकरण नगरेका सवारी साधनहरुलाई कर छुट गरेर भएपनि करको दायरामा ल्याउन लागिएकोछ । जसबाट सवा एक अर्बले राजश्व बद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । त्यस्तै बन क्षेत्रको खोला खोल्सी ब्यबस्थापनबाट ७५ लाख क्यूविकफिट बन पैदवार र नदीजन्य पदार्थ संकलन गरि साढे एक अर्बले बृद्धि हुने लक्ष्य लिईएको छ ।

गएको आर्थिक बर्षमा बनबाट १४ करोड ६० लाख र सवारीबाट एक अर्ब ५५ करोड मात्रै आम्दानी भएको थियो ।

अर्थमन्त्री मास्कीका अनुसार घरजग्गालगायतको रजिष्ट्रेशन शूल्क, विज्ञापन कर, मनोरञ्जन कर, कृषि आयमा कर, पर्यटन शूल्क,प्राकृतिक स्रोतको संकलन तथा विक्री शूल्क, वातावरण तथा औद्योगिकरण ब्यबस्थापन दस्तुर, राजश्वको बाँडफाँट र दाखिला, प्राइभेट तथा साझेदारी फर्म र पर्यटन व्यबसाय सम्बन्धि बिशेष व्यबस्थापनलगायतबाट प्रदेश सरकारले आम्दानी लिदै आएको छ ।

 

करको दर नभई दायरालाई फराकिलो बनाई राजश्वका स्रोतहरु विस्तार गर्नु, राजश्व प्रणालीमा सुधार र चुहावट नियन्त्रण गर्नु जस्ता कार्यबाट विगत भन्दा आन्तरिक आम्दानीमा बृद्धि हुने मन्त्री मास्कीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *